साम्राज्ञी–देवांश सँगसँगै 

- साप्ताहिक संवाददाता

माघ ४, २०७५

 

नेपाली चलचित्रका अभिनेता/अभिनेत्रीहरूको प्रेम सम्बन्धको कुराले निकै चर्चा पाउँछ । यस्तै चर्चामा आइरहने अभिनेत्रीमध्येकी एक हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । कहिले प्रेम सम्बन्ध, कहिले बिछोडका कुराले त कहिले उनका विभिन्न गतिविधिका कारण साम्राज्ञी चर्चामा आइरहन्छिन् ।

अहिले उनी प्रेमसम्बन्धका कारणले चर्चामा आइरहेकी छिन् । अभिनेत्री शाह केही महिनादेखि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश राणासँगको प्रेममा छिन् । उनले केही समयअघि आफ्नो जन्मदिन तिनै प्रेमीका साथ मनाएकी थिइन् । त्यतिबेला उनको मिड फिंगर काण्डले निकै चर्चा पाएको थियो । केही समय अघिसम्म प्रेम सम्बन्धका बारेमा खुलेर कुरा नगर्ने अभिनेत्री शाह अहिले आफ्ना प्रेमीलाई सार्वजनिक कार्यक्रममा सँगसँगै लिएर हिँड्न थालेकी छिन् ।

अहिले साम्राज्ञी जहाँ पुग्छिन् त्यहाँ देवांश पनि पुगेका हुन्छन् । गत शनिबार युरेसा लेडिज रेडी वेयर सपको उद्घाटनका लागि अभिनेत्री शाह आमा र प्रेमी देवांशका साथ उपस्थित थिइन् । उक्त कार्यक्रममा साम्राज्ञीले आफ्नी आमा र प्रेमी देवांशसँगै तस्बिरसमेत खिचाएकी थिइन् । 

प्रकाशित :माघ ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्