सिजम सिंजालीको जिवन्त–३ सार्वजनिक

- साप्ताहिक संवाददाता

माघ ३, २०७५

बिगत एक दशकदेखि  नेपाली संगीतिक क्षेत्रमा सक्रिय गायक सिजम  सिंजालीले गाएका  राष्ट्र गीतहरुको संग्रह ’जिबन्त ३ : मेरो फरक नेपाल’ काठमाडौंमा विमोचन गरिएको छ ।

नेपाल मगर संघले आयोजना गरेको एउटा भव्य समारोहमा उक्त संग्रह विमोचन गरिएको हो । 

विमोचन समारोहम गायक सिंजालीलाई सम्मान समेत गरिएको थियो ।  

राष्ट्र भाव उजागर गर्ने शैलीका गीतहरु  गाउन रुचाउने गायक सिजम सिंजाली पर्यटन प्रबद्र्धन अभियानमा समेत लागेका छन् ।

जिबन्त–३ एल्बममा गायकका आफ्नै श्ब्द र संगीत छ भने जता  जाउमा बिक्रम  थापाको संगीत समेत रहेको छ । समारोहमा विमोचित एलबमको एउटा भिडियो समेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित :माघ ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्