प्लेटलेट्सबाट बाँझोपनको उपचार

- साप्ताहिक संवाददाता

माघ ३, २०७५

रगतमा हुने प्लेटलेट्सको सहयोगले बाँझोपनको उपचार सम्भव भएको छ । एक महिलाको गर्भाशयको लाइनिङ एकदमै कमजोर र पातलो भएकाले आमा बन्न सकेकी थिइनन् ।

डाक्टरहरूले प्लेटलेट्स रिच प्लाज्मा (पीआरपी) प्रविधि अपनाएर ती महिलाको इन्फर्टिलिटी हटाउने कार्यमा सफलता पाएका छन् । गर्भाशयको मोटाई ७ देखि १२ मिलिमिटर हुनु आवश्यक छ, तर ती बिरामी महिलाको गर्भाशयको मोटाइ करिब ६ मिलिमिटर मात्र थियो ।

पीआरपी थेरापीको सहयोगले गरिएको आईभीएफ पनि सफल भएको छ र ती महिला हाल एक शिशुको आमा बनेकी छिन् । यो प्रविधि हाल परीक्षणकै क्रममा रहेको र सार्वजनिक नगरिएको बताइएको छ । पीआरपी थेरापीले आईभीएफको सफलताको दर पनि बढाएको छ । 

प्रकाशित :माघ ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्