सानो मनमा बाँधियो आयुष्मान र शिल्पाको जोडी 

- साप्ताहिक संवाददाता

माघ २, २०७५

 

चलचित्र ‘सानो मन’ बन्ने भएको छ । सुयोग गुरुङले निर्देशन गर्ने यो चलचित्रमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिने भएको छ । निर्देशक गुरुङ् यसै चलचित्र मार्फत निर्देशन डेब्यु गर्न लागेका निर्देशक हुन् । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने यो चलचित्र माघ ७ गतेबाट छायांकनमा जाने भएको छ ।  

अभिनेत्री शिल्पाले यसअघि चलचित्र ‘कागजपत्र’ र ‘द ब्रेकअप’मा काम गरिसकेकी छिन् । आयुष्मानले ‘सानो मन’ धेरै अगाडि साइन गरेको बताएका छन् । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदानै चलचित्रको स्क्रिप्ट सुनिसकेको बताइन् । 

चलचित्र घोषणा कार्यक्रममा आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो, स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण चलचित्र छाड्न नसकेको बताइन् । उनी यस चलचित्रमा सानियाको भूमिकामा देखिनेछिन् । 

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकार पनि चलचित्रको शिर्ष भूमिकामा देखिने छन् । 

प्रकाशित :माघ २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्