विश्वकै नम्बर वान अभिनेता

- साप्ताहिक संवाददाता

माघ २, २०७५

बलिउड अभिनेता ऋतिक रोशनले विश्वभरका अभिनेताहरूलाई पछि पार्दै सर्वाधिक ह्यान्डसम अभिनेताको उपाधि प्राप्त गरेका छन् । यो उपाधि अभिनेताहरूको लुक्स, उनीहरूको प्रोजेक्टले बक्सअफिसमा गरेको आम्दानी, ग्लोबल फ्यान फलोइङ तथा विभिन्न अनुमोदनबाट प्रदान गरिन्छ ।

ऋतिक चाँडै चलचित्र सुपर–३० मा देखिँदैछन् । यो चलचित्र निर्माणसँगै विभिन्न कारणले चर्चामा छ । ऋतिक टप वानमा परेसँगै उनी पुन: विश्वभर खोजिएका छन् । उनलाई युट्युब, फेसबुक, इन्स्टाग्राम, ट्विटर आदि सामाजिक सन्जालमा खोज्न थालिएको छ ।

ऋतिक टप वानमा पर्ने क्रममा बलिउडकै अर्का दवंग स्टार सलमान खान भने टप ५ मा परेका छन् । यो सूचीको टप–१० मा अन्य बलिउड अभिनेता छैनन् । ऋतिकले यसअघि एसियाका सर्वाधिक सेक्सिएस्ट अभिनेताको उपाधिसमेत प्राप्त गरेका थिए ।

प्रकाशित :माघ २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्