ऋचा बिनै अर्पणको घर

- साप्ताहिक संवाददाता

माघ १, २०७५

यहाँ उनीहरूको प्रेम, अफेयर, डेटिङ र अन्य विभिन्न व्यक्तिगत पाटोलाई छुन खोजिएको होइन । अर्पण–ऋचा केही वर्षदेखि निरन्तर चलचित्र निर्माण गरिरहेका छन् । यति मात्र होइन अन्य ब्यानरमा समेत उनीहरूले सँगै अभिनय गरे प्रेमि–प्रेमीका बनेर । यद्यपि केही वर्षदेखि चलचित्रमा देखिएको उनीहरूको बलियो सम्बन्ध पातलो हुँदै गएको अनुमान गर्न थालिएको छ ।

उनीहरूले संयुक्त रूपमा चलचित्र आधा लभ तथा सुनकेसरीको निर्माण गरेका थिए । एकपछि अर्को चलचित्रमा निरन्तरसँगै काम गरेपछि एक पत्रकार सम्मेलनमा उनीहरूको प्रेमको विषयमा प्रश्न समेत उठ्यो । गत वर्ष चलचित्र फिर्केको पत्रकार सम्मेलनमा अभिनेत्री ऋचा अर्पण विवाहित भएको र आफ्नो नाम उनीसँग जोड्नु पाप हो भन्दै कड्किएकी थिइन् । त्यतिबेला अर्पणले पनि मुसुक्क हाँसेर कुरा टारिदिएका थिए ।

केही समयअघि उनीहरूले चलचित्र सुनकेशरीको सिक्वेल निर्माण गर्ने घोषणा समेत गरेका थिए । उक्त चलचित्रको असफलतापछि उनीहरूको सम्बन्ध सन्तुलित हुननसकेको चर्चा छ । यही साता अभिनेता तथा निर्देशक अर्पणले नयाँ चलचित्र घर निर्माणको घोषणा गरे ।

त्यसको निर्देशनसँगै लेखन एवं अभिनय पनि उनकै हो । शर्मिला पाण्डेको लगानीमा निर्माण हुने यो हरर चलचित्र माघतिर छायांकनमा जाँदैछ । तामझामका साथ चलचित्रको घोषणा भयो तर ऋचाको नाम कहीँ पनि सुनिएन । ऋचा नहुनु र अर्पणले मात्र चलचित्र घोषणा कार्यक्रममा बोल्दा उनीहरूको सम्बन्ध भत्किएको अनुमान धेरैले गरे । उक्त समयमा केही पत्रकारले ऋचा र तपाईंको सम्बन्ध टुटेको हो ? भनेर प्रश्नसमेत गरे ।

प्रकाशित :माघ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्