चिसो स्नान

- साप्ताहिक संवाददाता

माघ १, २०७५

युरोपमा जाडो महिनाको तापक्रम शून्यभन्दा तल झरेको हुन्छ । यस्तो अवस्थामा नुहाउने काम घरभित्र त्यो पनि तातोपानीले मात्र सम्भव हुन्छ । यतिबेला खुला स्थानमा जमेको पोखरी वा समुद्रको पानीमा नुहाउनु कल्पनाभन्दा बाहिरको विषय मानिन्छ । 

यद्यपि डेनमार्कमा जनवरी महिनाको पहिलो दिन यस्तै चिसो पानीमा नुहाउने उत्सव आयोजित गरिन्छ ।

नयाँ वर्षले नयाँ किसिमको जिम्मेवारी दिने हुँदा उक्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सक्ने धैर्य मिलोस् भनेर डेनमार्कका नागरिकहरू चिसो पानीमा डुबुल्की लगाउँछन् ।

अत्यधिक चिसो हुने भएकाले यो उत्सवमा सहभागी हुनेहरूको संख्या कम भए पनि जति जना हुन्छन् उनीहरू त्यसमा निकै रमाउँछन् ।

प्रकाशित :माघ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्