विराटनगरमा रोबोटको भिडन्त 

- साप्ताहिक संवाददाता

पुस ३०, २०७५

१ नम्बर प्रदेशस्तरीय रोबोट प्रतियोगिताको उपाधि काठमाडौंको कसमस कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टले जितेको छ । विराटनगरस्थित जैन भवनमा सोमबार सम्पन्न उक्त प्रतियोगितामा विराटनगरको डिस्ट्रक्सनलाई २–१ अंकले पराजित गरी कसमसले उपाधि जितेको हो ।

क्यान महासंघ मोरङ शाखाद्वारा आयोजित उक्त प्रतियोगितामा काठमाडौं तथा १ नम्बर प्रदेशका विभिन्न जिल्लाका १५ टिमले भाग लिएको अध्यक्ष राजन यादवले जानकारी दिए । इन्जिनिरिङ अध्ययनरत विद्यार्थीहरूले आफैंले रोबोट बनाएर यो प्रतियोगितामा सहभागिता जनाएका हुन् । 

अनिल श्रेष्ठ

प्रकाशित :पुस ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्