मोदीको जीवनीमा चलचित्र

- साप्ताहिक संवाददाता

पुस २९, २०७५

‘‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनसँग नजिक रहेर चलचित्र निर्माण हुने खबर बाहिरिएको छ । मोदीको चिया पसलेदेखि प्रधानमन्त्रीसम्म बन्ने यात्राको यथार्थ घटनालाई चलचित्रमा उतार्ने तयारी गरिएको भारतीय मिडियाले जनाएका छन् । उक्त बायोपिकलाई उमंग कुमारले निर्देशन गर्दैछन् ।’’ 

बलिउडमा पछिल्ला केही वर्ष बायोपिक चलचित्र निर्माणको क्रम बढेको छ । भारतीय अभिनेता सञ्जय दत्तको जीवनीमा बनेको बायोपिकले धुमधाम राम्रो रिजल्ट दिएपछि बायोपिक निर्माणको क्रम अझ तीव्र भएको हो । बलिउडमा वर्ष २०१९ मा पनि केही बायोपिक चलचित्र प्रदर्शन हुँदैछन् ।

यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनसँग नजिक रहेर चलचित्र निर्माण हुने खबर बाहिरिएको छ । मोदीको चिया पसलेदेखि प्रधानमन्त्रीसम्म बन्ने यात्राको यथार्थ घटनालाई चलचित्रमा उतार्ने तयारी गरिएको भारतीय मिडियाले जनाएका छन् । उक्त बायोपिकलाई उमंग कुमारले निर्देशन गर्दैछन् ।

चलचित्रमा विवेक ओवरायले मोदीको चरित्र निर्वाह गर्ने पक्का भैसकेको बताइन्छ । चलचित्रको शीर्षक ‘पीएम नरेन्द्र मोदी’ राखिएको छ, तर यो फाइनल नाम भने होइन । चलचित्रको छायांकन यही जनवरीको मध्यतिर सुरु गर्ने तयारी छ । अभिनेता विवेक ओवरायले यो बायोपिकमा काम गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौती मानेका छन् ।

यो बायोपिकमा, पीएम मोदीको चिया पसलको यात्रा, गुजरातको रोड ट्रान्सपोर्ट कर्पोरेट क्यान्टिनमा काम गरेको अनुभव, राजनीतिक संघर्ष, गुजरातको मुख्यमन्त्री हुँदाका विभिन्न क्षण, प्रधानमन्त्री बन्दासम्मका विभिन्न आरोह–अवरोहहरू चित्रण गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

प्रकाशित :पुस २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्