पुरानो बुलेटको वल्र्ड प्रिमियर हङकङबाट

- साप्ताहिक संवाददाता

पुस २९, २०७५

चलचित्र ‘पुरानो बुलेट’को वल्र्ड प्रिमियर हङकङबाट सुरु हुने भएको छ । पत्रकार भिषण राईले निर्देशन गरेका यो चलचित्रका एक्जुकेटिभ प्रड्युसर सन्तोष राई रहेका छन् । चलचित्रमा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बुले सयुक्त रुपमा लगानी गरेका छन् । 

चलचित्रमा अनुपविक्रम शाही, माला लिम्बु, बर्षा सिवाकोटी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।  चलचित्रको हङकङ प्रर्दशनलाई विशेष बनाउँनका लागि अनुप र माला हङकङ जाने भएका छन् ।

‘हेल्प फर ह्युमिनिटी’ न्यानो काख अभियान सहयोगार्थ प्रर्दशन गर्न लागिएको चलचित्रलाई कान्तिपुर साप्ताहिकका हङकङ संवाददाता अनोज रोक्कासँगै मज्जाको राई, विजय लिम्बु, सरु राई, सुनिता लिम्बुले प्रर्दशनको जिम्मा लिएका छन् ।

चलचित्र यहि फेब्रुअरी २३ मा बेलुकी ६:३० बजेबाट याउमातेई स्थित कम्युनिटी हलमा प्रर्दशन गरिनेछ । 

प्रकाशित :पुस २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्