वाइडबडी प्रकरणको छानबिन कति निष्पक्ष होला ? 

- साप्ताहिक संवाददाता

पुस २७, २०७५

कारबाही हुनेत कुरै छैन बरु यो विषयमा समचार नलेख्न भन्दै ठूलै प्रस्ताव आउला है पत्रकारज्यू । 

विमल वराल

निष्पक्ष छानबिन होला भन्न गाह्रो छ । सरकारका गतिविधि हेर्दा आफ्ना मान्छे, पैसा र पावर वालाहरूविरुद्ध कारबाही होला भन्ने लाग्दैन । 

सन्तोष

राजाको हत्यारा त पत्ता लगाएर नाम उल्लेख गर्न नसक्ने देशमा, वाइडबडी प्रकरणको छानबिन निष्पक्ष होला भन्नु र आकाशको तारा ल्याएर प्रेमीकालाई दिन्छु भन्नु उस्तै–उस्तै हो ।

मनिस श्रेष्ठ

निर्मला बलात्कार एवं हत्या काण्ड, ३३ केजी सुन काण्ड, वाइडबडी खरिदजस्ता काण्ड छानबिन तथा कामकारबाही ले प्रष्ट पार्छ नेपालको कानुन दैब ले जानुन अब यसको न्याय पनि दैवलाई नै थाहा होला ।

राम बस्नेत

लाउडा विमान जतिको निष्पक्ष होला नि †

सुदर्शन न्यौपाने

छानबिन प्रक्रिया फितलो बनाउने शतप्रतिशत प्रयास हुनेछ । 

राजेश परीयार

लाउडा खाने देशमा वाइडबडी कुन ठूलो कुरा हो र ? बरु अब ल्याइसकेको विमान चलाउन तिर ध्यान दिनु जरुरी छ । 

सुरज शिवाकोटी

एकदमै निष्पक्ष हुन्छ, कसैलाई पनि करबाही हुँदैन । ढुक्क भए हुन्छ । 

विजय तिमिल्सिना

हुँदैहुँदैन । सरकार मात्र होइन प्रतिपक्षी कांग्र्रेसका नेताहरू पनि मुछिने भएका कारणले अन्तिममा मिलेमतो हुन्छ । सरकारले गठन गरेको समिति ढाकछोप समिति हो, छानबिन समिति होइन ।

दल आले मगर

सुन काण्ड र निर्मला काण्ड जस्तै निष्पक्ष छानबिन हुन्छ । 

एम पोख्रेल

यदि निष्पक्ष छानबिन गर्नेहो भने विषय विज्ञता भएको समिति बनाएर छानविन गर्न जरुरी छ । 

१.एयरक्राफ्ट सम्बन्धी विज्ञता भएको, 

२.चार्टट एकाउन्टेट, 

३.सामान खरिदसम्बन्धी विज्ञ, 

४.न्यायाधीश 

५. लेखासमितिका एक जना सांसद (जो सत्तामा छैनन्) ।

अर्जुन आले

अब यो बाइडबडीका कारण विमान नै बेपत्ता होला जस्तो छ । 

रामचन्द्र चाम्लिङ

केही दिनको रमझम हो । घोटाला गर्नेले अलिकति चुहाइ दिन्छ, चुहिएको हात चाट्दा–चाट्दै यो इशु त्यसै हराउँछ ।

राम राना

अपुरो प्रतिवेदन प्रस्तुत गर्ने उपसमितिलाई चाहिँ कारबाही हुन्छ कि हुन्न होला ।

राज श्रेष्ठ

छानबिन समितिको छानबिन गर्न बनेको छानबिन समितिले ल्याएको प्रतिवेदन छानबिन गर्न अर्को छानबिन समिती बनाउने देश हो यो । बुझ्नुभयो ? यही समाचार २ महिनादेखि नबुझेर दोहोर्‍याइ, तेहेर्‍याइ हेर्दा त मैले बुझ्नसक्या छुइन ।

लोकसेवा वाली

‘मै राजा मै मन्त्री’ सर्वेसर्वा नै उनीहरू छन, उतिबेलाका शासकहरूलाई समान्ति देख्नेहरू अहिले सत्तामा पुग्दा आफंै सामन्तवादका मतियार भएका छन्, गरिखान देऊ न उनीहरूलाई, निष्पक्ष त आशा मात्र ? 

तेज ठकुरी

यो कलियुग हो, यहाँ जो बिक्छ त्यही टिक्छ ।

भुवन त्रिपाठी

यो देशमा उच्च पदस्थ व्यक्तिहरू कहिले पो दोषी ठहर भएका थिए र ? मलाई लाग्छ यो विषय पनि त्यसै हराउँछ ।

हीरासिहं राना

न्याय हराउँदै गएको मेरो देशमा नियमन, निरीक्षण, अनुगमन, मूल्यांकन, पारदर्शिता एवं नागरिक सर्वोच्चता केवल कानुनका पानाहरू सजाउनका लागि मात्र हो ।

सरोज भूजेल

प्रकाशित :पुस २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्