पोखरा स्काई स्पोट्र्समा कुटुम्ब

- साप्ताहिक संवाददाता

पुस २७, २०७५

भोलि शनिबार कुटुम्ब ब्यान्डको प्रस्तुति पोखरामा हुँदैछ । पोखरा, न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको माथिल्लो तल्लामा अवस्थित पोखरा स्काई स्पोर्ट्समा हुने कार्यक्रममा कुटुम्बले आफ्ना धुनमार्फत मनोरञ्जन प्रदान गर्नेछ । साथमा श्यामसुङ तामाङ तथा ब्यान्डको प्रस्तुति पनि रहनेछ । यो कार्यक्रमको आयोजना नेपाल इभेन्ट्सले गर्न लागेको हो ।

स्थान : पोखरा स्काई स्पोर्ट्स, न्युरोड, भाटभटेनीको मथिल्लो तल्ला समय : साँझ ५ बजेदेखि राति १० बजेसम्म प्रवेश शुल्क : १ हजार तथा १ हजार ५ सय रुपैयाँ 

ट्रिब्युट कन्सर्ट

भोलि शनिबार झम्सिखेलस्थित मोक्ष, ज्ञानमण्डलामा ट्रिब्युट कन्सर्ट हुँदैछ । साँझ ७ बजे प्रारम्भ हुने उक्त कन्सर्टका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने ५ सय रुपैयाँ तिर्दा एउटा ड्रिंक्स पनि उपलब्ध हुनेछ । उक्त अवसरमा क्विन र रेड हट चिल्ली पेप्पर्सको गीतलाई नेपाली कलाकारहरुले गाउने भएका छन् । 

विकेन्ड राइड

होन्डा बिग बाइक नेपालको आयोजनामा भोलि शनिबार अफ रोड राइड हुँदैछ । होन्डा अफ रोड क्लब नेपालले आयोजना गर्ने उक्त राइडमा सहभागी हुन कुनै शुल्क तिर्नु पर्दैन । शनिबार ८ बजे त्रिपुरेश्वरबाट प्रारम्भ भै शिवपुरीसम्म पुग्ने यो राइडका लागि त्रिपुरेश्वरस्थित होन्डा बिग बाइकको अफिसमा आफ्नो नाम रजिस्टर गर्न सकिन्छ । यो कार्यक्रममा कम्प्लिमेन्टी लन्चको व्यवस्थासमेत छ । 

प्रकाशित :पुस २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्