पुस २७ देखि माघ ३ गतेसम्मको राशिफल

  • साप्ताहिक राशीफल 

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

पुस २७, २०७५

                  पुस २७ गते : पृथ्वीजयन्ती ।  माघ १ गते : माघे संक्रान्ति, माघी पर्व । 

मेष 

साझेदारीमा थालिएका कार्यले फाइदा पुर्‍याउँदै अन्य अवसरको ढोका खोल्नेछ । रोजगारी वा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । ठूलो लगानीमा सुरु गरिएको व्यवसायबाट प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमी–प्रेमीकासँगको खटपटमा मौन रहनु नै उपयुक्त हुन्छ । पूर्वतर्फको यात्रा फाइदाजनक हुनेछ ।

वृष

बाल्यकालका मित्रलाई मुनाफा हात लाग्ने व्यवसायमा संलग्न गराइनेछ । सामाजिक जिम्मेवारीको कार्यमा उत्कृष्ट भै चर्चित हुँदा अभिभावकहरू हर्षले गद्गद हुनेछन् । सवारी साधन खरिद गर्न पारिवारिक मत मिल्नेछ । सेतो रंगको प्रभावबाट थप उपलब्धि हात पार्न सकिनेछ ।  

मिथुन 

मझौला किसिमका लगानीबाट मुनाफा आर्जन गर्न केही समय कुर्नुपर्नेछ । मन पराउने साथीको दोहोरो चालचलनले नैराश्यता उत्पन्न गराउनेछ । नयाँ स्थानको भ्रमणमा केही बढी खर्च होला । सामाजिक क्षेत्रमा काम गर्ने अवसर जुट्नेछ । 

कर्कट 

विशेष प्रकारका व्यक्तिहरूसँग परिचित हुने अवसर जुट्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए पनि तपाईंको दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन । इँटा रंग प्रयोग गर्दा आफ्नो मेहनत खेर जानेछैन । कार्य क्षमतामा स–साना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छन् ।

सिंह 

हूलमूलमा धन तथा गहना जोगाउने चेष्टा गर्नुहोला । पारिवारिक खिचतानीले सम्पन्न भैसकेको कार्यलाई पनि ओझेलमा पार्न सक्छ । पैतृक सम्पत्ति उपयोग गर्दा थप पाइदा उठाउन सकिनेछ । प्रेम सम्बन्धमा सावधानी अपनाउनुमै आफ्नो कल्याण छ । यात्रा गर्दा चिसोबाट जोगिने प्रयत्न गर्नुहोला ।    

कन्या 

कर्मचारीवर्गले कार्य सम्पादन गर्दा विशेष होसियारी अपनाउनु उचित हुन्छ । भोजभतेरमा समय खर्च गरिनेछ । परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विशेष लगानीको वातावरण बन्दैछ । झिना–मसिना कुरामा नलागी एकचित भै लक्ष्यतर्फ लम्कन सकिनेछ ।  

तुला  

कतिपय अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कार्यको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्न गर्दा ढिलाइ नगर्नुहोला । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयम अपनाउनुपर्नेछ ।  

वृश्चिक 

नयाँ मित्रसँग मनोरञ्जक स्थलको भ्रमण गर्ने अवसर जुट्न सक्छ । आवेशमा गरिएको कामले उल्टो परिणाम दिनेछ । सभा–सम्मेलन, तालिम आदिमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विपरीत लिंगी साथी तपाईंप्रति आकर्षित भएको अवस्थाले उमंग सिर्जना गर्न सक्छ । पश्चिमतर्फको यात्रा लाभदायक हुनेछ । 

धनु

कार्यस्वरूप एवं परिस्थितिअनुरूप कम बोल्नुमै कल्याण छ । आफ्नो बहुमूल्य सरसामानप्रति विशेष निगरानी राख्नुहोला । जटिल सामाजिक कार्य सम्पन्न गर्न तन, मन, धन खर्च गरी सहयोग गर्नुपर्नेछ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

मकर

सहयोगीले दिएको सुझावको उपेक्षा नगर्नुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । छात्रवृत्ति तथा प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिले विदेशको यात्रा तय गर्ने सम्भावना टरेको छैन । भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुपर्नेछ । सप्ताहन्तमा रोजगारीको अवसर जुट्न सक्छ ।  

कुम्भ

आफन्त तथा अभिभावकको सुझावले व्यवहारिक बन्न प्रेरणा दिनेछ । नयाँ क्षेत्रमा लगानी गरे फाइदा नै होला । अरूलाई छिटो विश्वास गर्ने बानीले पछि परिनेछ । सभा, सम्मेलन तथा तालिममा सहभागी हुने वातावरण सिर्जना हुन सक्छ, जसमा आफ्नो प्रतिभाले उच्च कदर प्राप्त गर्नेछ । 

मीन 

पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकुल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त फेला पर्नेछन् । तत्काललाई समस्या देखिए पनि सोमबारपछि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । 

प्रकाशित :पुस २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्