हेभी मेकअप गरेर हिँड्न मन लाग्दैन

- रामजी ज्ञवाली

पुस २६, २०७५

अभिनेत्री आना शर्मा जेरी र ग्याङस्टार ब्लुजपछि अन्य चलचित्रमा देखिएकी छैनन् । उनको द म्यान फ्रम काठमाडौं प्रदर्शनको तयारीमा छ । अभिनयमा राम्रो दख्खल राख्ने सुन्दर अभिनेत्री आन्नाका केही रुचि तथा सेक्रेट कुरा :

     आना क्याजुयल पहिरनमा सजिन रुचाउँछिन् ।

     उनी इटालियन खाना भनेपछि हुरुक्कै हुन्छिन् । काठमाडौंमा हुँदा पनि उनी मौका मिलाएर इटालियन परिकार पाइने रेस्टुराँहरू पुगिरहेकी हुन्छिन् ।

     आनालाई घुमघाममा रुचि छ । विदेशका विभिन्न ठाउँको भ्रमण गरिसकेकी आन्ना नेपालका विभिन्न आकर्षक स्थलको भ्रमण पनि गरिरहन्छिन् ।

    आना फिटनेसका सम्बन्धमा सचेत भए पनि त्यसलाई निरन्तरता दिन भने नसकेको बताउँछिन् ।

    आनालाई फोटोग्राफीमा पनि असाध्यै रुचि छ । राम्रो ब्रान्डेड क्यामेरा किन्न खोजिरहेकी शर्माले मोबाइलबाटै भए पनि विभिन्न तस्बिर खिचिरहेकी हुन्छिन् ।

     आनालाई एकदमै क्रिएटिभ हुन मन लाग्छ । फुर्सद भयो भने उनी एउटा डायरी लिन्छिन् र केही न केही लेखिरहेकी हुन्छिन् ।

     उनलाई हेभी मेकअप गरेर हिँड्न मन लाग्दैन । आन्ना भन्छिन्— नेचुरल ब्युटी नै सबैभन्दा राम्रो र स्वभाविक सुन्दरता हो ।

प्रकाशित :पुस २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्