२१ हजार ५ सय ७० किलोमिटर उड्ने जेट

- साप्ताहिक संवाददाता

पुस २६, २०७५

 

अमेरिकी विमान निर्माता कम्पनी बोइङले सर्वाधिक लामो रेन्जको जेट ‘बीबीजे ७७७एक्स’ लन्च गरेको छ । यो विमानमा पूरै इन्धन भर्ने हो भने आधा संसारको यात्रा कतै नरोकिइ सम्पन्न गर्न सकिन्छ । यसले एकै पटकमा २१ हजार ५ सय ७० किलोमिटर यात्रा गर्न सक्छ । यसको अर्थ लामो दूरीको यात्रा गर्न र फ्लाइट परिवर्तन नगरी चाहेको स्थानमा पुग्न यसको प्रयोग गर्न सकिन्छ । 

कम्पनीका अनुसार यो जेट विमानमा जीई९एक्स हाई बाइपास टर्बोफ्यान एयरक्राफ्ट इन्जिन छ । यसको विङस्प्यान अर्थात एउटा पंखाबाट अर्को पंखाको दूरी २३५ फुट छ । यसको निर्माण हाल प्रचलित विमान बोइङ ७७७–८ तथा ७७७–९ मा आधारित भएर गरिएको छ । ती विमानमा ३ सय ५० जना यात्री अटाउँथे भने नयाँ विमानमा ४ सय २५ यात्री अट्न सक्छन् । 

प्रकाशित :पुस २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्