मेनुकासँगको वाचा पुरा गरे रामकृष्णले

- साप्ताहिक संवाददाता

पुस २६, २०७५

नेपाल आइडल सिजन–१ मा गायक रामकृष्ण ढकालले आइडलकी प्रतिस्पर्धी मेनुका पौडेलसँग युगल गीत गाउने वाचा गरेका थिए । सेलिब्रिटी गेष्टका रुपमा पुगेका ढकालले गरेको उक्त वाचा अनुसार मेनुकासँग गीत गाएका छन् ।

‘वेदको अक्षर...’ बोलको गीतमा ढकाल र पौडेलको स्वर छ । बिबि थापाको शब्द रहेको गीतमा संगीत दीपक सिलवालले गरेका छन् । गीतको लिरिकल भिडियो समेत तयार भएको छ । 

मेनुका नेपाल आइडलमा टप ११ सम्म पुगेकी थिइन् भने भारतको सिङगिङ रियालिटी शो ‘सारेगमप’ मा पनि उत्कृष्ट ११ सम्मको यात्रा तय गरेकी थिइन् ।

गीतको लिरिकल भिडियो : 

प्रकाशित :पुस २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्