सन २०१८ का बेस्ट मोबाइल गेम

- साप्ताहिक संवाददाता

पुस २४, २०७५

 

समय अनुसार मोबाइल गेमको प्रयोग समेत बढिरहेको छ । यसैका लागि कम्पनीहरूले पनि धेरैभन्दा धेरै मोबाइल गेमको विकास गरिरहेका छन् । गतवर्ष लोकप्रिय रहेका प्रमुख ७ गेम्स :

 

अनलाइन ब्याटल रोयल गेम पब्जी

गतवर्ष पब्जी अर्थात प्लेयर अननोन ब्याटल ग्राउन्ड्स सबैभन्दा मन पराइएको गेम सावित भयो । १ वर्षभन्दा कम समयमै यसले अन्य सबै गेमलाई पछि पार्‍यो । यसमा हाई क्वालिटी ग्राफिक्स उपलब्ध छ भने प्रयोगकर्ताहरूले ४ जनाको ग्रुप बनाएर आपसमा कुराकानी गरेरै यो खेल खेल्न सक्छन् । पछिल्लो समयमा यसमा विभिन्न अपडेटसमेत गरिएको छ र अझै राम्रो बनाउने प्रयास जारी छ । 

फोर्टनाइट रोयल ब्याटल

यो पनि ब्याटल रोयल गेम हो । यो गेम आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको हो । यो एप्स साप्ताहिक रूपमा अपडेट हुन्छ । आइफोन ६एसदेखि माथिका सबै मोडलमा उपलब्ध यो गेम एप्पल युजरहरूले निकै मन पराएका छन् । 

रेसिङ गेम अस्फाल्ट–९

आकर्षक ग्राफिक्सका कारण गतवर्ष रेसिङ गेम अस्फाल्ट ९ निकै मन पराइयो । यसको नयाँ संस्करण अस्फाल्ट ९ : लिजेन्ड्स समेत उपलब्ध छ । यो गेममा संसारभरका ५० किसिमका कार देखिन्छन्, जसलाई अलग–अलग लेभल पार गर्दै जित्नु पर्छ । यसमा भएको आकर्षक रेसिङ कन्ट्रोलका कारण रेसिङ मन पराउनेहरूले निकै रुचाएका छन् । 

मल्टिप्लेयर गेम लुडो किङ

सामान्य अवस्थामा पहिले देखि नै धेरैले लुडो खेल्दै आएका छन् । यद्यपि मोबाइल प्लेटफर्ममा उपलब्ध गराइए पछि भने यसका प्रयोगकर्ता निकै बढेका छन् । इन्टरनेट कनेक्सन समेत आवश्यक नपर्ने भएकाले यसको प्रयोग गर्नेहरू धेरै भएका हुन् । 

आर्केड गेम सबवे सर्फर्स

यो गेम विशेष गरी बालबालिकाहरूका लागि तयार पारिएको हो । यो गेममा ट्रेन माथि दौडिएर क्वाइन कलेक्ट गर्नुपर्छ । यसमा बिस्तारै स्पिड बढ्दै जान्छ र त्यतिबेला ठोक्किनबाट जोगिनुपर्छ । खेल्न सजिलो भएकाले पनि यो खेल लोकप्रिय भएको हो ।

 

स्ट्राटेजी गेम क्लास अफ क्लान्स

यो एक प्रकारको रणनीतिक गेम हो । यसमा एउटा गाउँ आफै बनाएर आफ्नो सैनिकलाई प्रशिक्षित गर्नु पर्छ । त्यसपछि अर्को गाउँमा हमला गरेर त्यसलाई पराजित गर्नुपर्छ । यो एउटा अनलाइन गेम हो । 

बोर्ड गेम रियल चेस थ्रीडी फ्रि

थ्रीडी ग्राफिक्सका आधारमा तयार पारिएकाले यो गेम धेरैले मन पराएका छन् । यो गेम एआई प्लेयरका साथ बाजी लगाएर खेल्न सकिन्छ । यो चेसको सर्वाधिक राम्रो गेम मानिएको छ । 

प्रकाशित :पुस २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्