हृदय भरीमा पलसँग जोडी बाँध्दै श्रद्धा

- साप्ताहिक संवाददाता

पुस २४, २०७५

चलचित्र ‘हृदय भरी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । सुरज सुब्बा ‘नाल्बो’को लेखन तथा निर्देशनमा निर्णमाण हुन लागेको यो चलचित्रमा अभिनेता पल शाहसँग श्रद्धा क्षेत्रीले जोडी बाँध्ने भएकी छिन् । चलचित्रमा यि २ कलाकारका साथमा निर शाह, सुनिल थापा, आकाश बाबु, अनुराग कुँवर,  निर्मल शर्मा, सलोन बस्नेत,  रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर लगायतका कलाकारले अभिनय गर्ने छन् । श्रद्धा क्षेत्री यहि चलचित्र मार्फत रजतपटमा डेब्यु गर्दैछिन् । 

यो चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपिन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपिन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र निर्माण हुनेछ । चलचित्रका प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरि लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहनेछ । चलचित्रको छायांकन पागुनबाट गरिने बताइएको छ ।

 

प्रकाशित :पुस २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्