समर लभ ट्रेलर सार्वजनिक : रेवती र नम्रतासँग आशिषको प्रेम

- साप्ताहिक संवाददाता

पुस २४, २०७५

उपन्यासकार सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ माथी बनेको चलचित्रको ट्रेलर रिलिज गरिएको  छ । मुस्कान ढकालले निर्देशन गरेको यो चलचित्र माघ २५ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको छ । 

सोमबार ट्रेलर रिलिजको लागी राजधानीमा आयोजित कार्यक्रममा निर्देशक ढकालले भने, ‘पुस्तकमा पढेकै कुरा पर्दामा उतारिएकोमा शंका छैन दर्शक तथा पाठकले पढेकै यथार्थकुरा पर्दामा भेट्नुहुन्छ ।’ लिड कलाकार आशिष पिया र रेवती क्षेत्रीले अतित र सायाको भुमिकालाई दुरुस्त फिल्मी बनाएको निर्देशकको भनाइ छ ।

सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा अतित र सायाबीचको प्रेमसँगै समयक्रममा उत्पन्न हुने परिस्थिती, मिलन विछोडको अनेकन संयोगहरु जोडिएका छन् । यो चलचित्रको स्कृप्ट सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग लेखक सुबिनले सहकार्य गरेका छन् ।

पुष्पन प्रधानले संगीत भरेको यो चलचित्रमा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओमप्रतिक, मानस थापा लगायतका कालाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

 

समर लभको ट्रेलर :

 

प्रकाशित :पुस २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्