स्वस्तिमाको दोहोरो चरित्र

- साप्ताहिक संवाददाता

पुस २३, २०७५

एकै भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काको दोहोरो चरित्र देखाइएको छ । चलचित्र ‘बुलबुल’को प्रचारका क्रममा उनले दोहोरो भूमिका निर्वाह गरेकी हुन् । चलचित्र निर्माण टिमले स्वस्तिमा खड्कालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । युट्युबमार्फत सार्वजनिक सामाग्रीमा स्वस्तिमाले चलचित्रमा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् ।

निर्देशक विनोद पौडेलले स्वस्तिमाले चलचित्रमा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए । पहिला दुई टिजरमा हामीले चोपेन्द्रलाई स्थापित गर्ने लक्ष्य राखेका थियौं । हामीलाई प्राप्त प्रतिक्रियाले हामी त्यसमा सफल भएको महसुस गरेका छौं । यसैगरी हामी रनकलालाई पनि परिचित गराउन चाहान्थ्यौं, रचनात्मक उपायको खोजीमा अन्तर्वार्ताको आइडिया आयो’ विज्ञप्तीमा भनिएको छ,‘स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’

प्रचारको मैदानमा उत्रिएदेखि नै बुलबुलले प्रचारको नयाँ शैली अपनाउँदै आएको छ । फ्ल्यासमोब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समूहले त्यसपछि सार्वजनिक दुई टिजरमा चलचित्रका धेरै दृश्य देखाउनुको साटो एउटै दृश्यबाट दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरेको थियो । 

यही दुई टिजरबाट मुकुन भुषाल चोपेन्द्रको रुपमा दर्शकमाझ परिचित भएका छन् । गत आइतबार प्रचारको सोही शैलीलाई निरन्तरता दिादै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । 

‘सााघुरो’का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो ।  फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी  छिन् । भिडियोसँगै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेको छ । निर्माता अविरल थापाले माघ १ गते ट्रेलर सार्वजनिक गर्ने जानकारी गराए । 

चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्कीलगायतको अभिनय रहेको छ ।

प्रचार भिडियो :

प्रकाशित :पुस २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्