वर्ष २०१८ का टप एप्स

- साप्ताहिक संवाददाता

पुस २२, २०७५

गतवर्ष धेरै प्रकारका एन्ड्रोइड तथा आईओएस एप्स उपयोग गरिए । आफ्नो आवश्यकताका आधारमा फरक–फरक प्रकारका एप्स उपयोग भए । युजर रेटिङ्स, एपको फिचर तथा लोकप्रियताका आधारमा यो वर्ष धेरै उपयोग गरिएको यी एप्स डाउनलोडका आधारमा पनि धेरै अगाडि छन् । 

भ्वाइस कमान्ड एप 

गुगल असिष्टेन्ट

बोलेर स्मार्टफोनलाई कमान्ड दिन सकिने एप गुगल असिष्टेन्ट गतवर्ष निकै नै रुचाइयो । यसको सहयोगले टेक्स्ट म्यासेज गर्न, क्यामेरा ओपन गर्न, म्युजिक प्ले गर्न तथा मौसमसँग सम्बन्धित सबै जानकारी प्राप्त गर्न सकिन्छ । 

न्युज तथा म्यासेजिङ एप 

गुगल न्युज

विभिन्न प्रकारका समाचार थाहा पाउन गुगल न्युजको प्रयोग धेरै गरियो । यो एपले एआई प्रविधि प्रयोग गर्छ र सर्चका लागि राखिएको किवर्डका आधारमा त्यससँग सम्बन्धित सबै जानकारी देखाउँछ । 

सोसल एप टिकटक

फन्नी भिडियो सेयर गर्न टिकटक एप प्रयोग गरिन्छ । कुनै लोकप्रिय डाइलगलाई नक्कल गरी आफ्नो भिडियो तयार पार्न सकिने यो एपको प्रयोग निरन्तर बढ्दो छ ।

नेभिगेसन एप गुगल म्याप्स

नयाँ स्थानमा गएको समयमा आफूलाई आवश्यक लोकेसन थाहा पाउन गुगल म्याप्सको प्रयोग धेरै भयो । एपमा उपलब्ध स्ट्रिट म्याप्स, रियल टाइम ट्राफिक तथा सर्टकट रुट प्लानिङ फिचरका कारण बाटो पत्ता लगाउन निकै सहज छ । २ सय भन्दा बढी देशमा यो एप उपलब्ध भएकाले यसको डाउनलोड पनि धेरै नै भयो । 

इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप

पहिले च्याटिङका लागि मात्र उपयोगी ह्वाट्सएपमा हाल फोटो तथा भिडियो समेत सेयर गर्न सकिन्छ । गतवर्ष ग्रुप च्याट फिचरको पनि प्रसस्तै उपयोग गरियो । 

स्क्यानिङ एप क्याम स्क्यानर

कुनै पनि जरुरी कागजातलाई स्मार्टफोनबाट स्क्यान गर्न गतवर्ष क्याम स्क्यानर एप धेरै प्रयोग गरियो । यो एपमार्फत कुनै डकुमेन्ट स्क्यान गरी एडिट समेत गर्न सकिन्छ । नि:शुल्क उपलब्ध हुने यो एप १० करोड भन्दा धेरै डाउनलोड भैसकेको छ । 

पेमेन्ट एप जीपे

आफ्नो साथीलाई पैसा पठाउन, बिल भुक्तान गर्न, अनलाइन खरिद गर्न वा फोन रिचार्ज गर्न समेत यसको प्रयोग गरिन्छ । गुगल सेक्युरिटी सिस्टमबाट सुरक्षित यो एप ५ करोडभन्दा बढी डाउनलोड भएको छ । 

प्रकाशित :पुस २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्