कीर्तिपुरमा थ्राइभ ब्यान्ड

- साप्ताहिक संवाददाता

पुस २१, २०७५

कीर्तिपुरमा थ्राइभ ब्यान्ड

आज शनिबार द थ्राइभ ब्यान्डले कीर्तिपुरको सासा द नेवा रेस्टुराँमा लाइभ प्रस्तुति दिने भएको छ । सासा द नेवाले फरक–फरक कलाकार र ब्यान्डको उपस्थितिमा लाइभ कार्यक्रम गर्दै आएको छ । जसअन्तर्गत यस पटक युवा कलाकारहरू मिलेर खोलिएको द थ्राइभ ब्यान्डले मनोरन्जन प्रदान गर्न लागेको हो । 

आयोजक : सासा द नेवा रेस्टुराँ 

समय : दिउँसो ३ बजे 

लिटल एन्जल्समा 

नितेशजंग कुँवर आज शनिबार हात्तीवनस्थित लिटल एन्जल्स कलेजमा गायक नितेशजंग कुँवर प्रस्तुत हुँदैछन्, जसमा उनीसँगै अल्फा ओमेगा, आर्यबर्त, ब्वायज मिट् के पप तथा सुशान्त केसीले समेत प्रस्तुति दिँदैछन् । लाइभ म्युजिकसँगै यहाँ फुड स्टल पनि रहनेछन् । यो कार्यक्रममा सहभागी हुन ३ सय ५० रुपैयाँको टिकट काट्नुपर्नेछ । 

स्पिच कम्पिटिसन

वक्तृत्वकलामा रुचि राख्नुहुन्छ ? आज शनिबार ११ बजे राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतिस्पर्धा हुँदैछ । पुरानो बानेश्वरस्थित द्वारिका होटलको ठिक विपरीत रहेको बिग फुडल्यान्डमा सञ्चालन हुने यो कार्यक्रममा कलाकार ज्योति काफ्ले, डान्सर दिपा मगर, श्रृद्धि शर्मा तथा एलिना बास्कोटाले प्रस्तुति दिनेछन् । युथ भिजन पब्लिक स्पिकिङले यो कार्यक्रमको आयोजना गरेको हो ।

 

प्रकाशित :पुस २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्