विदेशमा नेपालको कुन कुरा मिस हुन्छ ?

- साप्ताहिक संवाददाता

पुस २१, २०७५

म मेरो देश नेपाललाई मात्र मिस गर्छु ।

मनिष श्रेष्ठ

आफ्नो घर–परिवार ।

धन थापा

म भात सम्झन्छु ।

सफलता नेपाल

नेपालको प्रत्येक कार्यालयमा दिनुपर्ने घूसदेखि लिएर बाटो हिंड्दा जति धूलो–धूवाँ खाइन्छ, सबै मिस गर्छु म ।

सुजन ढकाल

बूढीको दबाब, अमाको गुनासो, बाउको प्रश्न, दाइको भ्रम अनि बहिनीको डिमान्ड ।

रमेश रिभ

घरपरिवार, इष्टमित्र, साथीभाइ अनि भन्ज्याङ–चौतारीको खुब सम्झना आउँछ । 

राजकुमार

धूवाँ–धूलो, बेथिति, लापरवाही आदि ।

निराकर

परिवार अनि मन नजिकको मान्छे, अत्यन्तै मिस हुन्छन् ।

रविन

आमाको हातले पकाएको खाना र सँगै खेलेर हुर्किएका साथीभाइ ।

कुमार बूढाथोकी

आमालाई दङ्याउँदै खाएको खुव सम्झना आउँछ ।

नारायण

मेरो घर–परिवार र त्योभन्दा पनि जन्म दिने आमा ।

आर पाण्डे

जन्मभूमि, खाना अनि वातावरण ।

उमेश अविरल

दालभात–तरकारी ।

काजी लामिछाने 

यता साप्ताहिक पढ्न पाइँदैन, खुब मिस हुन्छ ।

प्रतीक्षा

नेपालका भ्रष्ट नेता तथा कर्मचारीहरू मिस हुन्छन् । - कृष्ण अर्याल

देशको राजनीति । कहिले होला हामी बसेको देश जस्तै भन्ने लाग्छ । 

लालु

घर परिवार, आफन्त, साथीभाइ, खानपिन, चाड पर्वहरूका साथै विदेश बसाइमा त्यो देशमा देखेको, भोगेको राजनैतिक प्रणाली र अन्य कुरा नियममा चलेको देखेर मेरो देशमा पनि यस्तै भैदिए हुन्थ्यो भन्ने लाग्छ ।

खगराज कंडेल

नेपालको हावा पानी, खोलानाला, हिमाल, सुन्दर गाउँ, अस्तव्यस्त सहर अनि साँघुरा बाटा र काठमाडौंको जाम ।

ट्वीट्स

आमाबाबा, परिवारजन अनि देश ।

सुरज

देशको दशा, फटाहा नेताहरूले देश लुटेर खाएका रै’छन् भन्ने थाहा हुन्छ विदेश देखेपछि ।

दीप

सबैभन्दा बढी मिस त मेरी बूढी कसैसँग त छैन अनि बा आमाले मेरो पैसा उडाएका त छैनन् भन्ने हुन्छ । 

आशिष खनाल

काठमाडौंका गल्लीहरूका होटलका हरिया पर्दा ।

प्रशुनिश

त्यो हिमाल, त्यो पहाड, त्यो छहरा, त्यो सम्म परेको तराईको फाँट अनि मनै लोभ्याउने हिमतालहरू ।

विवेक

मलाई त म:म, चाउमिन अनि बियरको सम्झना आउँछ ।

सुजन

धान रोप्ने बेलामा हिलोमा धान रोपेको, हलो जोतेको सँगै १५–२० जना दिदी–बहिनीसँग रमाइलो गरेको कुरा धेरै मिस गर्छु ।

आलोक भावुक

कोदाको ढिँडो ।

जीवन क्षेत्री

आमाको माया अनि बुबाको स्वाभिमान, बस जिउने आधार यही बनेको छ परदेशमा ।

सन्तोष शर्मा

केटाकेटी छँदासँगै हुर्के बढेकी छिमेकीकी छोरी ।

अर्जुन केसी

कोदाको झोल ।

मोहन पल

केपी ओलीको कमेडी भाषण मिस हुन्छ ।

दीप 

लुडो खेलेको खुब याद आउँछ ।

मिलन साप्कोटा

तोङ्गवा र सुकुटी ।

नयाँ युग

प्रकाशित :पुस २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्