सन् २०१८ को समीक्षा साह्रै राम्रो तरिकाले गरिएको छ

- साप्ताहिक संवाददाता

पुस २०, २०७५

साप्ताहिकले प्रस्तुत गर्ने लेख–रचना सधैं अरूभन्दा फरक हुन्छन् । (फ्ल्यास ब्याक–२०१८) यस पटक सन् २०१८ को समीक्षा साह्रै राम्रो तरिकाले गरिएको छ । विश्व घटनाका सम्बन्धमा चासो राख्नेहरूका लागि हरेक सामग्री ज्ञानमूलक छन् । यस्ता विषयवस्तुलाई नियमितता दिँदै जानुपर्छ । 

उद्धव शाहा

गत वर्ष विश्वमा धेरै राजनीतिक घटना भए । (दूरगामी प्रभाव पार्ने वर्षका घटनाहरू) करोडौं मानिस आबद्ध भएको सामाजिक संजाल फेसबुक नै संकटमा पर्नु सूचना र संचार क्षेत्रको एउटा ठूलो घटना हो । हुन त विकल्पविहीन केही पनि हुँदैन । यद्यपि फेसबुक मार्क जुकरबर्गसँग मात्र नजोडिएर करोडौं मानिससँग पनि जोडिएको छ । 

पार्वती थापा

एक मेहनती मानिस (कफी गुरु अर्जुन चौहान) लाई बाहिर ल्याइदिनुभएकोमा किशोर नेपाललाई धन्यवाद । चौहानको मेहनत र लगनशीलतालाई मान्नैपर्छ । हरेक नेपालीले उहाँजस्तै मेहनत गर्ने हो भने कसैको मुख ताक्नै पर्दैन । -कुमार नेपाली

यो वर्ष चर्चामा रहेका व्यक्तिहरूमा चिनियाँ राष्ट्रपतिको चर्चा कहीँ भएन । विश्व राजनीतिलाई नै आफू वरपर घुमाउने उनीजस्ता व्यक्तिको नाम कसरी छुट्यो ? -पूनम क्षेत्री

क्रिस्टियानो रोनाल्डो सधैं चर्चामा रहन्छन् । उनका प्रत्येक कुराले विश्वलाई आकर्षण गर्छ । उनी मलाई मन पर्ने खेलाडी हुन् । 

कृष्टल

प्रत्येक वर्ष विकास हुने वैज्ञानिक आविष्कारले मानव जीवन थप सहज बनाउँदै गएको छ । अझ स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिले नयाँ–नयाँ आशा जन्माएको छ । मृत महिलाको पाठेघर प्रत्यारोपण गरी त्यसबाट शिशु जन्मनु स्वास्थ्य क्षेत्रको नयाँ क्रान्ति हो । 

परिवर्तन क्षेत्री

संचार क्षेत्रले संसारलाई साँघुर्‍याउँदै लगेका बेला केही सेवा बन्द भएका छन् । (यो वर्ष बन्द भएका सेवा) यसले बानी परिसकेको सेवा प्रयोग गर्न नपाउँदा समस्या पनि ल्याएको छ, कतिले भने नयाँ सेवा पनि प्राप्त गरेका छन् । 

नवोदित थापा

यो वर्ष मिटुले बलीउड मात्र नभएर संसारलाई नै हल्लायो । (मिटु, विवाह, ब्रेकअप र डेट) नेपालमा पनि यसको प्रभाव देखियो । यसमा बहस हुनु राम्रो कुरा हो, तर प्रमाणीत हुन सक्ने कुरामा मात्र सार्थक बहस हुनुपर्छ ।

मौसम पौडेल

बलिउड त्यसै पनि स्क्यान्डल नै स्क्यान्डलको क्षेत्र हो । (मिटु, विवाह, ब्रेकअप र डेट) यस्ता कुरा प्रत्येक वर्ष भैरहन्छन् । यी कुरामा सीमित मानिसको मात्र चर्चा हुन्छ । 

पुरण जोशी

ओल्ड इज गोल्ड त्यसै भनिएको होइन । पुरानो गीतलाई रिमेक गरिएको यो गीत अहिले पनि उत्कृष्ट गीतमा पर्दा खुसी लागेको छ । युट्युबमा मात्र लगभग ३७ करोड पटक हेरिनु चानचुने कुरा होइन । 

श्रुति कार्की

यो वर्ष बलिउडमा खानहरूको सान झरेको देखेर आश्चर्यचकित छु । (हिट फ्लपको चक्र) हुन त जुनसुकै र जस्तासुकै चलचित्र कहाँ सुपरहिट हुन्छ र ? नेपालमा पनि एउटा फिलिम चल्यो भन्दैमा सबैले आफैंलाई सुपरस्टार मान्छन् । 

प्रवीणा काफ्ले

सञ्चारकर्मी भीषण राईको पुरानो बुलेट हेर्ने रहर छ । (चैत १ मा पुरानो बुलेट) यसअघि पत्रकार सुशील पौडेलको प्रसाद र दीपेन्द्र लामाको घामछायाँले मन छोएको थियो । पुरानो बुलेटबाट पनि त्यही आशा राखेको छु । 

यादव श्रेष्ठ

खेलकुदमा सधैं पुरानै अनुहारको वर्चस्व देखिन्छ । (धेरै कमाउने खेलाडी) नयाँको पालो कहिले आउने होला ?

प्रनिस देवकोटा

प्रकाशित :पुस २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्