निरज सिलवालको तिमी हिड्ने बाटो

- साप्ताहिक संवाददाता

पुस १९, २०७५

डेनमार्कमा बसेर साहित्य सिर्जना गर्दै आएका निरज सिलवालको नयाँ गीत बजारमा आएको छ । उनको शब्द संगीत रहेको ‘तिमी हिड्ने बाटो’ बोलको गीत हालै बजारमा आएको हो । उक्त सार्वजनिक गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ । 

सेन्टिमेन्ट गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । बुढा सुब्बा म्यूजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियो नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठले अभिनय गरेका छन् । 

भिडियोमा स्टोरी कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । भिडियो कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । 

तिमी हिड्ने बाटोको म्यूजिक भिडियो :

गीतकार तथा संगीतकार निरज सिलवालका यस अघि पनि २ वटा गीत बजारमा आईसकेका छन् । यो उनको तेस्रो गीत हो । उनका यस अघि टुकु टुकु हिड्ने र गल्ति बोलका गीत सार्वजनिक भएका थिए । 

टुकु टुकु हिड्नेको म्यूजिक भिडियो :

गल्तिको म्यूजिक भिडियो :

प्रकाशित :पुस १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्