नारायण वाग्लेको कोरियाना कफी गफ

- साप्ताहिक संवाददाता

पुस १९, २०७५

लेखक तथा पत्रकार नारायण वाग्लेको पुस्तक ‘कोरियाना कफी गफ’ प्रकाशनको क्रममा रहेको छ । सोमबार ट्वीट गर्दै वाग्लेले पुस्तकको कभर सार्वजनिक गरेका छन् र केही दिनमा पुस्तक बजारमा उपलब्ध हुने जानकारी दिएका छन् ।

पब्लिकेसन नेपालयले प्रकाशित गरेको उक्त पुस्तकमा वाग्लेका कफी गफ समावेश गरिएका छन् ।  पुस्तक फेबु्रअरीको अन्त्यसम्म पाठकको हातमा पुग्ने प्रकाशक नेपालयले जनाएको छ । कान्तिपुर दैनिकका प्रधान सम्पादक रहेका वाग्लेका पल्पसा क्याफे र मयुर टाइम्स उपन्यास प्रकाशित छन् ।

 

प्रकाशित :पुस १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्