चर्चामा रहेका शिखर व्यक्तित्वहरू

- साप्ताहिक संवाददाता

पुस १८, २०७५

सन् २०१८ मा संसारभर धेरै व्यक्तिको चर्चा भयो । तीमध्ये पनि केही व्यक्ति वर्षभरि नै चारमाध्यमहरूमा छाइरहे । 

१. जमाल खसोगी

साउदी अरेबियन नागरिक जमाल खसोगी वासिङ्टन पोस्टका स्तम्भकार तथा पत्रकार हुन् । टर्कीस्थित साउदी दूतावासमा रहस्यमय मृत्यु भएपछि उनको हत्यामा संलग्नताको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायले साउदी सरकारको कडा आलोचना ग¥यो । सुरुमा उनको मृत्युका बारेमा बोल्न नचाहेको साउदी सरकार पछि छानबिन गर्न तत्पर देखियो । खसोगीलाई साउदी राजपरिवारको आलोचकका रूपमा हेरिन्थ्यो । 

२. नादिया मुराद

२५ वर्षीया इराकी युवती नादिया मुराद यो वर्षको नोवेल शान्ति पुरस्कार पाएपछि चर्चामा आइन् । यो पुरस्कार पाउने उनी पहिलो इराकी नागरिक हुन । इराकी आतंककारी संगठन आईएसले अपहरण गरी यौन दासी बनाइएकी नादिया त्यहाँबाट फुत्किएकी थिइन् । त्यसपछि उनले आइएसविरुद्ध आवाज उठाउँदै जनचेतना फैलाउने काममा सक्रियता देखाइन् । दुई वर्ष पहिले उनी संयुक्त राष्ट्रसंघीय गुडविल एम्बेसडर छानिएकी थिइन । 

३.माइगेल क्यानल

क्युवा ६ दशक लामो क्यास्ट्रो युगबाट मुक्त भएको घटना यो वर्ष चर्चामा रह्यो । २४ फेब्रुअरीमा भएको निर्वाचनले क्युवाका तत्कालीन राष्ट्रपति राहुल क्यास्ट्रोलाई अन्तिम क्यास्ट्रो राष्ट्रपतिका रूपमा स्थापित गरिदियो र नामको अन्त्यमा क्यास्ट्रो नभएका माइगेल डिजल क्यानल क्युबाका राष्ट्रपति चुनिए । 

४ .भ्लादीमिर पुटिन

चौथो कार्यकालका लागि रूसको राष्ट्रपतिमा निर्वाचित भएपछि भ्लादीमिर पुटिनको चर्चा यस वर्ष पनि उत्तिकै रहयो । अघिल्लो वर्ष सम्पन्न अमेरीकी निर्वाचनमा ट्रम्पको पक्षमा मतदान प्रभावित गर्न उनले खेलेको भूमिकाको चर्चा यो वर्ष पनि सेलाएन ।

 

५. डोनाल्ड ट्रम्प

अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्प पनि वर्षभरि नै चर्चामा रहे । उत्तर कोरियाका नेता किम जुन उनसँगको उनको ऐतिहासिक वार्तालाई अन्तर्राष्ट्रिय जगत्ले प्रशंसा ग¥यो । त्यसपछि चीनसँगको व्यापार युद्धले पनि उनलाई चर्चामा ल्यायो । प्रत्येक चार वर्षमा हुने अमेरिकी कंग्रेसको मध्यावधि निर्वाचनमा उनको पार्टीले नराम्रो हार बेहो¥यो । यसलाई ट्रम्पको २ वर्षको कार्यकालको समीक्षाका रूपमा हेरियो । 

६ .एन्जेला मार्केल

सन् २००५ देखि लगातार जर्मनीकी चान्सलरका रूपमा कार्यरत एन्जेला मार्केल गत नोभेम्वरमा आगामी कार्यकालका लागि आफू चान्सलरको उम्मेदवार नहुने घोषणा गरेपछि चर्चामा आइन् । उनले क्रिस्चियन डेमोक्रेटिक पार्टीको नेतृत्व समेत छोडेकी छिन् ।

 

७. मार्क जुकरबर्ग

फेसवुकका संस्थापक मार्क जुकरबर्ग यो वर्ष आलोचनात्मक चर्चामा रहे । व्यापारिक हिसाबमा सफल देखिए पनि विभिन्न देशबाट फेसबुकमा रहेका डाटाहरू सुरक्षित नभएको भन्दै उनको आलोचना बढ्यो । 

८. हसन रुहानी

अमेरिकासँगको तारन्तार टकरावका कारण ७९ वर्षीया इरानी राष्ट्रपति हसन रुहानी यो वर्ष अन्तर्राष्ट्रिय संचारमाध्यमहरूको नजरमा परिरहे । रुहानीले इरानलाई परमाणु शक्तिका रूपमा स्थापित गरी अमेरीकालाइ प्रतिरक्षात्मक स्थितिमा पु¥याएका छन् ।

९.इमरान खान

पूर्वक्रिकेटर इमरान खान यही वर्ष सम्पन्न चुनावबाट पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भए । एक सफल क्रिकेट कप्तान, राजनीतिक विश्लेषक, बारफोड विश्वविद्यालयका कुलपति हुँदै सत्ता समाल्न आइपुगेका इमरान खान पाकिस्तानका पूर्वप्रधानमन्त्रीहरूले लिदै आएको सुविधा कटौती गरी अन्तर्राष्ट्रिय रूपमा चर्चामा आए । 

१०.किम जोङ उन

क्रूर शासकका रूपमा हेरिएका उत्तर कोरीयाका नेता किम जोङ्गले यही वर्ष दक्षिण कोरिया र अमेरिकासँग बढाएको मित्रताको हातले अन्तराष्ट्रिय रूपमा चर्चा पायो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसँग सिंगापुरमा भएको भेटवार्ताले कोरीयाली महाद्वीप परमाणु निःशस्त्रीकरणको बाटोमा जाने संकेत दिएको छ । 

प्रकाशित :पुस १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्