सङ्गीत प्रज्ञा–प्रतिष्ठानमा रायन र नाफामा कर्माचार्य

- साप्ताहिक संवाददाता

पुस १८, २०७५

सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन) लाई नियुक्त गरेको छ । 

त्यस्तै उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञ परिषद् सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र प्रेमर्षी, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) नियुक्त भएका छन् । 

 

यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का कुलपतिमा कान्छाकुमार कर्माचार्य, उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा विपीनकुमार घिमिरे तथा प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ । उनीहरुको कार्यकाल चार वर्षको हुनेछ ।

 

प्रकाशित :पुस १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्