समलिंगी यौन सम्बन्ध

  • डा. सुमनराज ताम्राकार

- साप्ताहिक संवाददाता

पुस १७, २०७५

धेरैजसो मानिस किशोरावस्थामा प्रवेश गरेलगत्तै विपरित लिंगीप्रति आशक्त हुने कार्य विपरीत केही युवा आफूजस्तै समान लिंग भएका व्यक्तिप्रति आकर्षित हुन्छन् । आधुनिक समाजमा यस्तो फरक परिस्थितिलाई समलैंगिक भनिन्छ । पुरुष–पुरुषबीचको समलैंगिकतालाई ‘गे’ र महिला–महिलाबीचको यस्तो अवस्थालाई ‘लेस्बियन’ भनिन्छ ।

समग्रमा बाल्यावस्थाबाट किशोरवस्था प्रवेश गर्ने क्रममा कम्तीमा २५ प्रतिशत व्यक्तिले आंशिक वा पूर्ण मात्रामा समलैंगिक व्यवहार गरेको पाइए पनि एक अध्ययनअनुसार करिब ४ प्रतिशत पुरुष तथा २ प्रतिशत महिलामा किशोरावस्था पछि पनि समलैंगिकताको समस्या कायम रहन्छ । कतिपय समलिंगीले भने समलैंिगकतासँगै विपरितलिंगीसँग पनि सम्बन्ध सुचारु राखिरहेका हुन्छन् । कतिपयलाई भने आफ्नो यस्तो व्यवहार समलैंिगकता हो भन्ने पनि हेक्का हुँदैन । बन्द समाज, संकुचित व्यवहार तथा अपहेलनाको डरले कतिपय समलिंगीले आफ्नो वास्तविकता उजागर गर्दैनन् ।

कसैले चाहेर समलिंगी बन्ने भन्दा समलिंगीको समस्या वंशाणुगत परिवर्तनले हुने विश्वास गरिएको छ । परम्परागत सोच भएको समाजले यसलाई यौन विकृतिका रूपमा लिए पनि, समलिंगी हुनुको कारण दैविक पनि भएकाले अहिले यसलाई प्राकृतिक नै मानिएको छ । खासमा यो कुनै मनोरोग होइन बाल्यावस्थाबाट किशोरावस्था प्रवेश गर्ने बेलामा अन्य क्रियाकलाप झैं पृथक खालको यौन क्रियाकलाप अपनाउने चाहना हुन्छ । जुन आंशिक रूपमा पछिसम्म रहन्छ । 

समलिंगीहरूमा कतिपय यौन समस्याका साथै सामाजिक समस्या देखापर्न सक्छ । बाध्यता वा परिस्थितीवश पुरुष समलिंगीको विवाह कुनै महिलासँऋग भए कालान्तरमा यौन सम्बन्ध सुमधुर हुँदैन, जुन विस्तारै सार्वजनिक हुनसक्छ । देशमा समलैंिगक सम्बन्धलाई मान्यता पनि आवश्यक हुन्छ । त्यस्तो मान्यता भएको देशमा समलिंगी विवाहपश्चात् यौन सम्बन्ध राम्रो भए पनि निकै सामाजिक अड्चनहरू खेप्नुपर्ने हुनसक्छ । विवाहपछि पनि समलिंगीसँगै विपरित लिंगी सम्बन्ध कायम राख्नेहरूमा भने खासै समस्या देखिँदैन ।

समलिंगीहरूबीच अन्य असुरक्षित यौन सम्बन्ध कायम हुने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले पनि यौन स्वास्थ्यका दृष्टिले समलिंगीहरूमा कतिपय स्वास्थ्य जोखिम हुन्छन् । एचआईभीको प्रादुर्भावताका यसको सम्पूर्ण दोष समलिंगीलाई नै दिइन्थ्यो, तर वास्तविकता भने फरक पाइयो । यद्यपि समलिंगीबीच गरिने गुदद्वार मैथुनमा बढी जोखिम हुन्छ । एचआईभी/एड्सलगायत अन्य यौन संक्रमण सर्ने सम्भावना समलिंगीबीच नै बढी हुन्छ ।

समलिंगी व्यवहार परिवर्तन गर्न तुलनात्मक रुपमा कठीन छ त्यसैले उनीहरू प्रति सकारात्मक सोच राख्नु आवश्यक छ । यस्तो भयो भने समलिंगीहरूले पनि आफ्नो वास्तविकता उजागर गर्ने अवसरप्राप्त गर्छन् । कतिपय आपूm समलिंगी भएको घोषणा गर्न उत्साहित समेत हुन्छन् । उनीहरूले पनि एक–आपसमा सुरक्षित यौन व्यवहार गर्नुपर्छ । यसका लागि कण्डमको सही तथा नियमित उपयोग भरपर्दाे हुन्छ । समलिंगीका आफन्त वा छिमेकीमा समलिंगीहरूप्रतिको डर तथा नकारात्मक भावनामा परिवर्तन ल्याउनुपर्छ । यसका साथै मनोचिकित्सकसँगको परामर्श समेत आवश्यक हुन्छ ।

प्रकाशित :पुस १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्