विद्युतीय कारको सम्भावना

- साप्ताहिक संवाददाता

पुस १७, २०७५

ज्यागुअर आई–पेस

ज्यागुअरले यो वर्ष सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभीआई–पेसलाई एकपटक चार्ज गरेपछि ४ सय ५० किलोमिटर गुडाउन सकिन्छ । यसमा ९० किलोवाट आवर भएको लिथियम आयोन ब्याट्री उपलब्ध छ, जसलाई ४५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कियानिरो

कियाको निरो इलेक्ट्रिक एकपटकको चार्जमा साढे ४ सय किलोमिटर गुड्ने बताइन्छ । यसमा ६४ किलोवाट आवरको लिथियम पोलिमर ब्याट्रीयुक्त इलेक्ट्रिक मोटर छ । यसमा उपलब्ध १ सय किलोवाट चार्जरबाट ५४ मिनेटमै ८० प्रतिशत ब्याट्री चार्ज हुन्छ । यसकोे अर्को भेरिएन्ट पनि बजारमा आइसकेको छ । यसमा ३९ दशमलव २ किलोवाट आवरको ब्याट्री हुन्छ जसले सिंगल चार्जमा ३ सय किलोमिटर दूरी तय गर्छ ।

 

निसान लिफनिस्मो

यो पहिलेदेखि नै बजारमा लोकप्रिय रहेको निसानको इलेक्ट्रिक कार लिफको अपडेटेड भर्सन हो । यसमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ, जसले ६७ प्रतिशत बढी पावर दिन्छ । एक्सिलरेसन राम्रो बनाउन लिफनिस्मोमा कस्टम ट्युनिङ कम्प्युटर छ । त्यसैगरी थप सुधारसहितको ह्यान्डलिङ र कम्फर्ट राइडका लागि कस्टम टायर एवं सस्पेन्सन राखिएको छ । निसान लिफविश्वमा सर्वाधिक बिक्री हुने इलेक्ट्रिक कार हो ।

बीएमडब्लू आईथ्री

बीएमडब्लूको यो कारलाई यो वर्ष पनि अपडेट गरिएको छ । यसमा १ सय ८१ बीएचपीको मोटर छ । यो कारले २ सय किलोमिटरसम्म सिंगल चार्जमा तय गर्न सक्छ । 

हुन्डाई कोना

हुन्डाईले सार्वजनिक गरेको क्रसओभर ‘कोना इलेक्ट्रिक’लाई एकपटक चार्ज गरेपछि ४ सय किलोमिटर यात्रा गर्न सकिन्छ । फ्रन्ट ह्विल ड्राइभका आधारमा काम गर्ने यो कारमा ६४ किलोवाट आवरको ब्याट्री छ । यसलाई डीसी फास्ट चार्जिङ प्रविधिबाट ५४ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो कारको लङ रेन्ज भर्सनले शून्यदेखि १ सय किलोमिटरको गति ७ दशमलव २ सेकेन्डमै लिन सक्छ । कोना इलेक्ट्रिकको टपस्पिड १ सय ६७ किलोमिटर प्रतिघण्टा छ ।

टेस्लामोडल एस

टेस्लाले इलेक्ट्रिक कार पनि ‘फास्टएन्ड फ्युरियस हुन सक्छ भनेर प्रमाणित गरेको छ । पहिले कुनै पनि इलेक्ट्रिक कारले एकपटक चार्ज गर्दा १ सय माइलभन्दा बढी दूरी पार गर्न नसक्ने अवस्थामा टेस्लाको यो कारले ४ सय ८२ किलोमिटर पार गर्न सक्यो । त्यसैगरी अन्य सबै कारमा हुने सुविधा यही एउटै कारमा प्राप्त गर्न सकिन्छ । 

फक्सवागन ई–गोल्फ

फक्सवागनले आफ्नो फेमिली ह्याच ब्याकको इलेक्ट्रिक भर्सनका रूपमा यसलाई बजारमा उपलब्ध गराएको हो । यसले एकपटकको चार्जमा २ सय किलोमिटर दूरी तय गर्छ । ५ वटा ढोका भएको यो कार फक्सवागनको एमक्युबी प्लेटफर्ममा निर्माण गरिएको छ । 

रेनो जोई

फ्रान्सेली अटो निर्माता कम्पनी रेनोको इलेक्ट्रिक कार जोईलाई यसपटकको नाडा अटो शोमा समेत सार्वजनिक गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा प्रचलित निसानको इलेक्ट्रिक कार लिफसँग प्रतिस्पर्धा गरिरहेको जोईमा प्रयोग भएको इलेक्ट्रिक मोटरले १ सय ६ बीएचपी पावर तथा २ सय २५ एनएम टर्क दिन्छ । 

टेस्ला मोडल एक्स

सात जना बस्न मिल्ने टेस्लाको यो कार एकपटक चार्ज गर्दा ४ सय ६८ किलोमिटरसम्म गुड्न सक्छ । अमेरिकाको हाइवे सेफ्टी एड्मिनिस्ट्रेसनले सुरक्षाका लागि यसलाई फाइभ स्टार रेटिङ प्रदान गरेको छ । फरक खालको ढोका भएको यो कारलाई टाइट अवस्थामा समेत पार्किङ गर्न सकिन्छ ।

आउडी ई–ट्रोन

आउडीको पहिलो इलेक्ट्रिक एसयूभी ई–ट्रोनले ६ सेकेन्डमै १ सय किलोमिटरको स्पिड लिन्छ । त्यसैगरी यो कार सिंगल चार्जमा ४ सय किलोमिटर गुड्न सक्छ । यसको अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा छ । 

प्रकाशित :पुस १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्