जन्मोत्सवमा आत्मकथा सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस १६, २०७५

 

औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष  किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको “The Renaissance Man”  नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक विमोचन भूतपूर्व प्रधानमन्त्री  माधवकुमार नेपालले गरेका हुन् । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ । 

किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र उनले १३ वर्षको उमेर बाटनै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागिपरेका थिए । कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु विस्तार ग¥यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्रसँग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरु जस्तै आँटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गर्दै आएका छन् । आज के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ । 

नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना ग¥यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समुह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समुह लागी परिरहेको छ । उक्त समुहले हजारौंको संख्यामा रोजगारी प्रदानगर्दै आएको छ । यो सबै हुनुमा उक्त समुहको अध्यक्ष किसनलाल दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने बानीको कारण सम्भव भएको हो भन्ने बुझाइ आम जनमानसको पनि रहेको छ । 

प्रकाशित :पुस १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्