बाँस काटेर घर बनाउँदै गायक दिनेश गौतम

- साप्ताहिक संवाददाता

पुस १५, २०७५

 

गायक दिनेश गौतमले सेन्टिमेन्टल गीत गाएर आफ्नो पहिचान बनाएका छन् । धेरैजसो सेन्टिमेन्टल गीत गाएका गौतमले यो पटक भने फरक शैलीको गीत गाएका छन् । उनको डान्सिङ नम्बर ‘बाँसै काटेर’को म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । 

भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ । करिब दुइ दशकदेखिको संगीत यात्रामा दिनेशले गाएका गीतभन्दा ‘बाँसै काटेर’ बिलकुलै भिन्न छ । समयको माग अनुसार केहि फरक शैलीको गीत प्रस्तुत गर्न डान्सिङ नम्बर गाएको दिनेशले बताए । 

२०५६ सालदेखि संगीतमा निरन्तर लागि परेका दिनेशका ११ वटा एल्बम बजारमा आइसकेका छन् । दुइ दशकको दौरानमा उनले एल्बम र चलचित्रमा गरेर दुइ सय भन्दा बढि गीत गाइसकेका छन् । दिनेशको संगीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन् । ‘पैसा कसले बनायो’ गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिना अघि मात्रै ‘फर्केर आएन मायालु’ गीत सार्वजनिक भएको थियो ।

कोशिस क्षेत्रीको शब्द संगीत रहेको ‘बाँसै काटेर’ गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् । ‘भिमफेदी गाइज’का टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती ‘फुलन्देकी आमा’ को रहेको छ । म्युजिक भिडियोमा ‘आरी डान्स’, ‘थाली डान्स’ देख्न पाइन्छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् । युट्युबमा सार्वजनिक भएको पहिलो दिनमै गीतले उत्साहपूर्ण दर्शक बटुल्न सफल भएको छ ।

 

बाँसै काटेरको म्यूजिक भिडियो :

प्रकाशित :पुस १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्