दुई तिरको मायामा हैरान अर्जुन पोख्रेल

  • एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा

- साप्ताहिक संवाददाता

पुस १४, २०७५

 

लभ स्टोरी कथामा निर्माण भएको चलचित्र ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । यसैसाता, राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘एउटीलाई मुटुमा घर’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत अम्बिका शर्माले लेखेकी हुन् । गीतमा अर्जुन पोख्रेलले संगीत गरेका छन् । 

थुप्रै चलचित्रमा हिट संगीत दिएका अर्जुनले यस पटक भने गीत आफैले गाएका छन् । सार्वजनिक गीतमा अर्जुन पोख्रेललाई गायनमा गायिका दुर्गा खरेलले साथ दिएकी छिन् । गीतको सार्वजनिक भिडियोमा चलचित्रका नायक मनिष श्रेष्ठ र कलाकार सुमी मोक्तानलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा चलचित्रकी नव–नायिका निरिशा बस्नेत पनि अटाएकी छिन् । 

चलचित्रमा मनिष र निरिशाको साथमा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको रहेको छ । चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्रले यूवापुस्ताको प्रेमको साथमा राष्ट्रियताको पनि वोध गराउने निर्माणपक्षले बताएको छ ।

सार्वजनिक गीतको भिडियोमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ ।

चलचित्रमा अर्जुन जीसीको सम्पादन, बसन्तघर्ती मगरको भीएफएक्स छ । रोशनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजीमालीको लगानी छ ।

चलचित्रको प्रस्तुतकर्ता रोशनीले एउटा राम्रो कथामा चलचित्र बनाएको बताइन् । यस्तै, डेब्यू निर्देशक बसन्त अधिकारीले चलचित्रले फ्रेस प्रेम कथा बोल्ने बताए । कार्यक्रममा गीतका गायक अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले गीत समेत गाएका थिए ।

 

गीतको भिडियो :

प्रकाशित :पुस १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्