भोग म्यागजिनको कभरमा

- साप्ताहिक संवाददाता

पुस १४, २०७५

क्यारोलिन वोज्नियाकीका लागि सन् २०१८ विभिन्न कारणले चर्चामा रह्यो । महिला टेनिसमा विश्व नम्बर ३ र्‍याङकिङमा रहेकी २८ बर्षिया वोज्नियाकीले यो वर्ष अष्ट्रेलियन ओपन जितिन् ।

उनी ३५ वर्षीय बास्केटबल खेलाडी डेभिड लीसँग गत दुई वर्ष यता प्रेम सम्बन्धमा छिन् । हालै यो जोडीले विश्व प्रसिद्ध भोग म्यागजिनको कभरका लागि फोटोसुट गराएका छन् ।

वोज्नियाकीले यसमा नेभी च्यानल ड्रेस लगाएकी छिन् र उनको औंलामा इन्गेजमेन्ट रिङ स्पष्ट देखिन्छ । डेभिड ली चाहिं टम फोर्ड जिन र डार्क लुइस भिटोन सर्टको क्याजुअल लुकमा छन् । म्यागजिनमा उनीहरूको सम्बन्धका बारेमा विशेष आलेखसमेत प्रकाशित छ ।

 

प्रकाशित :पुस १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्