ओप्पोको फाइभ जी

- साप्ताहिक संवाददाता

पुस १३, २०७५

स्मार्टफोन निर्माता कम्पनी ओप्पोले विच्याट एप र फाइभ जी नेटवर्क प्रयोग गरी सफलतापूर्वक मल्टी पार्टी भिडियो कल गरेर एउटा नयाँ उपलब्धि हासिल गरेको छ । ओप्पो रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिच्युटका ६ जना इन्जिनियरले यो सफलता प्राप्त गरेका हुन् । 

उक्त भिडियो कलका लागि ओप्पो आर–१५ प्रोमा आधारित एक नयाँ फाइभ जी स्मार्टफोन तयार गरिएको थियो । फाइभ जी नेटवर्क स्थापित गर्न १ सय मेगाहर्ज ब्यान्डविथ उपयोग गरी १७ मिनेटभन्दा बढी कल गरिएको थियो । ओप्पोले पहिलो पटक फाइभ जी सिग्नल र डाटा कनेक्सनको परीक्षण गत अगस्टमै गरेको थियो । 

अब ओप्पो फाइभ जी इन्टरनेटलाई स्मार्टफोनमा प्रयोग गर्ने पहिलो कम्पनी भएको छ । ओप्पोले फाइभ जी स्मार्टफोन लन्च गर्ने पहिलो कम्पनी बन्ने योजना समेत बनाइरहेको छ ।

प्रकाशित :पुस १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्