चार्ज गर्नु नपर्ने स्मार्टवाच

- साप्ताहिक संवाददाता

पुस १२, २०७५

म्याट्रिक्सले चार्ज गर्नु नपर्ने म्याट्रिक्स पावरवाच नामक स्मार्टवाच अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । प्रयोगकर्ताको शरीरको तापबाट सञ्चालन हुने भएकाले यसलाई चार्ज गर्नु पर्दैन ।

यसमा रहेको थर्माेइलेक्ट्रिक प्रविधिले प्रयोगकर्ताको शरीरको तापलाई इलेक्ट्रोनिक पावरमा परिणत गर्छ ।

पावरवाच एप डाउनलोड गरी यसमार्फत क्यालोरी मापन एवं स्टेप काउन्ट गर्नुका साथै सुतेका बेला समेत तापक्रम मापन गर्न सकिन्छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य २ सय ३९ अमेरिकी डलर छ । 

 

प्रकाशित :पुस १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्