पब्जी र रेसिडेन्ट एभिल टुको साझेदारी

- साप्ताहिक संवाददाता

पुस १२, २०७५

संसारभर लोकप्रिय भैरहेको मोबाइल गेम पब्जीले क्लासिक हरर गेम ‘रेसिडेन्ट एभिल टु’ सँग साझेदारी गर्ने भएको छ । दुबईमा सम्पन्न पब्जी मोबाइल ग्लोबल फाइनल्स इभेन्टका क्रममा उक्त जानकारी सार्वजनिक गरिएको हो ।

अब पब्जी मोबाइल गेममा प्रयोगकर्ताहरूले रेसिडेन्ट एभिल टु गेमको जस्तै हरर स्किन देख्न पाउनेछन् । यससम्बन्धी एक टिजर भिडियोसमेत सार्वजनिक गरिएको छ । दुवै गेम आ–आफ्नो क्षेत्रमा लोकप्रिय छन् । यो साझेदारीबाट दुवै गेमका प्रयोगकर्ता लाभान्वित हुने बताइएको छ । 

 

प्रकाशित :पुस १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्