हिउँ सरी लिएर आए गायक प्रहलाद तिमिल्सिना

- साप्ताहिक संवाददाता

पुस ११, २०७५

गायक प्रहलाद तिमिल्सिना आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गायक तिमिल्सिनाको स्वरको ‘हिउँ सरी...’ शीर्षकको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको च्यालनबाट सार्वजनिक गरिएको हो । 

उक्त गीत गायक तिमिल्सिनाको केही समयअघि सार्वजनिक भएको दोस्रो एकल एल्बम ‘महक–२’ मा समावेश छ ।

आधुनिक शैलीको उक्त गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीतबद्ध गरेका हुन् । उक्त गीतमा शब्दहरु भने अभिनेता जीवन लुईटेलले रचना गरेका हुन् ।

हरि हुमागाईंद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् । उत्तम हुमागाईँद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।

हिउँ सरीको म्युजिक भिडियो :

प्रकाशित :पुस ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्