मेलिना राईको युगौंदेखिको माया सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस ११, २०७५

गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘युगौंदेखि तिमीलाई भेटेको जस्तो’बोलको सार्वजनिक गीतमा गायिका राईले आवाज दिएकी छिन् । सार्वजनिक गीतमा गायिका राईलाई गौरव आलेले साथ दिएका छन् । युमुना पराजुली अधिकारीले लेखेको उक्त गीतमा प्रमोद पन्तले संगीत दिएका छन् । गीतकार यमुना पराजुली अधिकारी नेपाली बाल साहित्यमा बढी कलम चलाउँदै आएकी छिन्

सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । प्रमोद पन्तले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेत्री सारा शिर्पाली र मनोज वलीले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । 

युगौंदेखि भेटेको जस्तोको म्यूजिक भिडियो :

 

प्रकाशित :पुस ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्