मलाईकाको घरमा अर्जुन

- एजेन्सी

पुस ११, २०७५

बलिउड अभिनेता अर्जुन कपुर र मलाईका अरोरा अफेयरका कारण चर्चामा छन् । उनीहरू खुलेरै डेटमा रमाइरहेका छन् । मिडियामा समेत उनीहरूले खुलेरै आफ्ना धारणा राखेका छन् ।

हालै अर्जुन कपुर प्रेमीका भेट्न मध्यरातमा उनको घर पुगेको खवरले मिडिया तातेको छ । सोशल मिडियामा अर्जुन मलाइकाको घरबाट बाहिर निस्किएको तस्बिर भाइरल भएको छ ।

कालो टिसर्ट, जिन्स तथा टोपीमा सजिएका अर्जुन राती कतिबेला मलाइकाको घर पुगे भन्ने कुरा खुलाइएको छैन ।

 

प्रकाशित :पुस ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्