कसको यादमा अनु ?

- साप्ताहिक संवाददाता

पुस १०, २०७५

अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाहको प्रेमको कुरा नौलो होइन । केही समयअघि यी दुईको प्रेममा खटपट आएको खबरले पनि राम्रै चर्चा पाएको थियो । पछि उनीहरूको प्याचअपको कुराले पनि त्यत्तिकै चर्चा पायो । केही समयअघि यी दुईले अदालती विवाह गरेको खबर पनि बाहिरिएको थियो ।

यद्यपि उनीहरूले उक्त कुरा अस्वीकार गरे । जे भए पनि सबिन र अनुको प्रेम सामाजिक सञ्जालमा छाइरहन्छ । विशेष गरी फेसबुकमा व्यस्त रहने सबिनले केहि दिन अघि आफ्नो फेसबुक वालमा अनुको तस्बीर पोस्ट गर्दै अनुजी कसैको यादमा हो ? भनेर प्रश्न गरेका छन् ।

उनको स्टाटसमा अनुले लभ स्टिकरका साथ रिप्लाई गरेकी छिन् । अनुको कमेन्टमा रिप्लाई दिँदै नितिन श्रेष्ठ लेख्छन्– धेरै माया लाग्यो जस्तो छ सबिन दाईलाई अनु भाउजूको । वास्तवमा सबिनलाई धेरै माया लागेको हो कि अनु सबिनको यादमा डुबेकी हुन् ? 

 

प्रकाशित :पुस १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्