कोरियामा चेम्जोङ

- साप्ताहिक संवाददाता

पुस १०, २०७५

युट्युबमार्फत नेपाली गीतका म्युजिक भिडियोहरू लोकप्रिय हुन थालेपछि यतिबेला स्वदेशमा मात्र होइन विदेशमा समेत नेपाली गीतका म्युजिक भिडियो निर्माण हुने क्रम तीव्र छ । अमेरिका, अस्ट्ेरलिया, दुबई तथा हङकङपछि अहिले दक्षिण कोरियामा म्युजिक भिडियोको निर्माण क्रम बढेको हो । 

लामो समयदेखि कोरियामा बसोबास गर्दै आएका पूर्वी नेपालका हुन हाङ चेम्जोङले कोरियामा नेपाली गीतका म्युजिक भिडियो निर्देशनमा कीर्तिमान नै बनाइसकेका छन् । सौखले भिडियो निर्देशन थालेका चेम्जोङ अहिले भिडियो निर्देशनमै व्यस्त हुन थालेका छन् । 

चेम्जोङले गायक राजेश पायल राई, स्वरुपराज आचार्यदेखि गायिका मेलिना राई तथा प्राश्ना शाक्यसम्मका गीतका म्युजिक भिडियो निर्देशन गरेका छन् । निर्देशक चेम्जोङले कोरियाका सुन्दर लोकेसनलाई म्युजिक भिडियोमा कैद गर्दै आएका छन् । 

स्वदेश फर्किएर म्युजिक भिडियोसँगै चलचित्रको निर्देशनमा समेत सक्रिय हुने चेम्जोङको योजना छ । कोरियाबाटै प्रसारण हुने रेडियो अनलाइन गोर्खालीका स्टेसन म्यानेजर चेम्जोङ भिडियो जक्कीका रूपमा समेत कार्यरत छन् । 

प्रकाशित :पुस १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्