किंग्स लाउन्जको क्रिसमस इभमा दीपकको साथ

- साप्ताहिक संवाददाता

पुस ९, २०७५

 

क्रिमसको पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक दीपक बज्राचार्य एण्ड रिदम ब्याण्डले लाइभ पर्फमेन्स गर्ने भएको छ । क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा डिसेम्बर २४ तारिख अर्थात आज आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले ‘दिपक बज्राचार्य एट किंग्स लाउन्ज इन क्रिमस इभ’ आयोजना गरेको हो ।  

लाउञ्जका ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी आज साँझ ८ बजेदखि बज्राचार्यको विशेष सांगीतिक प्रस्तुतीको आयोजना गरिने लाउञ्जले जनाएको छ । 

मंगलबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासको व्यवस्था समेत गरेको छ । 

लाउन्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुँदै आएको छ । 

जन्मदिन, एनिभर्सरी तथा विदाई समारोहका दौरान सेवाग्रहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ । लाउन्जमा गएपछि ग्राहकले सुनेको र पढेको भन्दा पनि उत्कृष्ट महसुस गर्ने सञ्चालकको दावी छ । 

फेमली लाउन्जको रुपमा स्थापित किंग्समा कुटनितिज्ञ, बैंकर, डाक्टर, सेलिब्रेटी तथा स्वदेशी तथा विदेशी ग्राहकको नियमित उपस्थिती हुने गरेको छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । 

लाउन्जले एक हजार भन्दा धेरै ग्राहकलाई सेवा दिन तथा स्वागत गर्न सक्ने क्षमता रहेको सञ्चालकहरुको भनाइ छ । टेरेस कर्नरका साथै पर्सनल बार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।

 

प्रकाशित :पुस ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्