कस्तो हुँदैछ क्रिसमस ?

- रामजी ज्ञवाली

पुस ९, २०७५

 

गायिका अन्जु पन्त क्रिसमसको अवसरमा विभिन्न ठाउँको कार्यक्रममा व्यस्त रहनेछिन् । यो दिन उनी काठमाडौंभन्दा बाहिरका कार्यक्रममा व्यस्त हुनेछिन्, पन्तले भनिन्, ‘चर्चमा विभिन्न कार्यक्रम हुने भए पनि दर्शकहरूलाई नचाउन बाहिर हिँड्ने पक्का जस्तै छ ।’ समाजसेवामा समेत सक्रिय अन्जुले आफ्नो फाउन्डेसनमार्फत विभिन्न सहयोग गर्दै आएकी छिन् । यो पर्वको छेकोमा पन्तले अन्य ठाउँमा पनि सहयोगस्वरूप विभिन्न सामग्री प्रदान गर्ने योजना बनाएकी छिन् ।

गायक ईश्वर पोखरेल अन्य दिन सधैं काममा व्यस्त हुने भएकाले यो समय भने पूर्ण रूपमा परिवारलाई दिनेछन् । स्टेज कार्यक्रम तथा विभिन्न गितको रेकर्डिङ परे पनि क्रिसमसको दिन परिवारसँग अस्ट्ेरलियाका विभिन्न स्थान घुम्ने योजना बनाएका छन् उनले । दर्जनभन्दा बढी हिट गित दिइसकेका गायक पोखरेलले क्रिसमसको साँझ आफ्ना र आफ्नी श्रीमती निकटका पुराना साथीभाइहरूसँग भेटघाट गर्ने सोच पनि रहेको बताए ।

गायक विनय केटु चर्चमा हुने कार्यक्रममा व्यस्त हुनेछन् । क्रिश्चियन धर्म मान्ने केटु खासै बोल्न सक्दैनन्, तर गीत भने गज्जबले गाउँछन् । यहि अचम्मको प्रतिभाका कारण चर्चामा रहेका केटु यो पर्वको अवसरमा बाहिरी कार्यक्रममा नहिँड्ने बताउँछन् । केहि रेकर्डिङको काम भैरहे पनि उक्त दिन भने सम्पूर्ण काम रोक्ने उनले जानकारी दिए ।

अभिनेता आमिर गौतम साथिभाइहरूसँग भेटघाट गर्ने योजनामा छन् । एक रेस्टुराँमा लाइभ कार्यक्रम हुने भएकाले नजिकका साथीभाइहरूसँग उक्त दिन लाइभ कार्यक्रममा व्यस्त हुन्छु, —गौतमले बताए । हालसालै चलचित्र वादशाहजुटको काम सकेका आमिर नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेकाले बाहिरी जिल्ला जान नसक्ने बताए ।

कलाकार निरु खड्का काठमाडौंबाहिरका सांगीतिक कार्यक्रम सकेर उपत्यका भित्रिएकी छिन् । उनी क्रिसमसपछि पुन मोफसलका विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । क्रिसमसको दिन विशेषगरी परिवारका साथमा घरबाहिर डिनर गर्ने उनको योजना छ । आफ्नी छोरीमा क्रिसमसप्रति खुबै रुचि भएकाले उनका लागि भए पनि दिनभरिजसो घुम्नुपर्नेछ, नीरुले भनिन्, ‘छोरीको मन्टेश्वरीमा क्रिसमस विशेष कार्यक्रम हुन्छ, त्यसपछि छोरी र श्रीमानसहित घरबाहिर निस्कनेछौं ।’ क्रिसमसको दिन सुटिङ र अन्य काम नगर्ने उनको सोच छ ।

प्रकाशित :पुस ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्