चिट्ठाका कारण सबै गुमाए

- साप्ताहिक संवाददाता

पुस ९, २०७५

क्यारेबियन क्षेत्रमा एउटा द्वीप छ, जसलाई चलनचल्तीको भाषामा ‘सेक्स आइल्यान्ड’ भनिन्छ । यो द्वीप क्षेत्रमा आममानिसको कल्पनाभन्दा धेरै गुणा बढी यौन गतिविधि हुन्छ । भेनेजुएला नजिकको यो द्वीपमा पुगेका एक कुमार केटाले आफ्नो यात्रा अनुभव साथीहरूलाई सुनाउँदा सबै जना छक्क परेका थिए । 

बाबुको क्रेडिट कार्डबाट सामान किन्दा १६ वर्षीय ब्रायनले उक्त आइल्यान्डमा जाने टिकट चिट्ठामार्फत पाएका थिए । कुमार केटाका रूपमा उक्त आइल्यान्ड पुगेपछि उनले जीवनमा पहिलो पटक शारीरिक सम्बन्ध राख्नुका साथै मादक पदार्थ सेवन गरेको उनको भनाइ छ । 

द्वीपमा दुई युवतीले यात्रा अवधिभर साथ दिएको र उनीहरूले कुनै प्रेमिकाले भन्दा बढी शारीरिक सुख दिएको अनि नशामा लट्ठिँदा अविभावकले जस्तो स्याहार गरेको बताए । कुमारपन गुमाए पनि यात्रामा साथ दिने तिनै दुई युवतीमध्ये एक युवतीसँग आफ्नो प्रेम भएको र आफू उसैसँग बाँकी जीवन बिताउने योजनामा रहेको ती युवकले बताएका छन् । उक्त क्रियाकलाप थाहा पाएपछि आफ्नी आमा भने रुष्ट भएको बायनले बताए । 

प्रकाशित :पुस ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्