राजनराज र अन्जुको तिरिमिरी तिन तारा

- साप्ताहिक संवाददाता

पुस ८, २०७५

 

चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक भएको छ । यसै साता राजधानीमा पत्रकार सम्मेलन गरि गीत सार्वजनिक गरिएको हो । ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको सार्वजनिक गीत राजनराज सिवाकोटी र अन्जु पन्तले गाएका छन् । गीतमा शब्द संगीत राजनकै रहेको छ । रामजी लामिछानेले सार्वजनिक गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् ।

सार्वजनिक गीतमा  चलचित्रका मुख्य कलाकार सुशिल सिटौला, नव–नायिका शुभेच्छा खड्का, सुपुसा भट्टलाई फिचरिङ गरिएको छ । गीत छायांकनका लागि २५ लाख खर्च भएको निर्माणपक्षले जानकारी दिएको छ । भिडियोमा १२५ जना कोरसले नृत्य गरेका छन् । 

लभ स्टोरी कथामा निर्माण भएको चलचित्रमा प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतको अभिनय छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन कृष्ण भण्डारीको छ ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा बिष्टले निर्माण गरेका हुन् ।

गीतको भिडियो :

प्रकाशित :पुस ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्