नेपाल आइडल सिजन–२ को शिर्ष उपाधि रबि ओडलाई

- साप्ताहिक संवाददाता

पुस ८, २०७५

 

‘नेपाल आइडल’ सिजन–२ को उपाधि धनगढीका रबि ओडले उचालेका छन् । उनले प्रतियोगिताको शिर्ष उपाधि सहित २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् । ग्राण्ड फिनालेमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै रवी नेपाल आइडल सिजन–२ को विजेता भएका हुन् । 

प्रतियोगितामा पोखराका विक्रम बराल फष्ट रनरअप बन्न सफल भएका छन् । उनले २० लाख सहित वल्र्ड टुरको अवसर पाएका छन् । झापाका सुमित पाठक सेकेण्ड रनर अप हुँदै १२ लाख  जित्न सफल हुँदा झापाकै अस्मिता अधिकारी थर्ड रनरअप बन्न सफल भएकी छिन् । उनले होन्डाको स्कुटर प्राप्त गरेकी छिन् । 

ग्राण्ड फिनाले ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको थियो । मैदानमा उपस्थित भएर फिनाले हेर्नका लागि ५ सय, एक हजार, १५ सय र २ हजार दरका टिकट विक्री गरेको थियो । 

रवी सुदुरपश्चिमको धनगढीका हुन् । दलित सुमदायबाट प्रतिनिधित्व गरेका उनले गाला राउण्डमा सबैभन्दा धेरै पटक सबैभन्दा धेरै भोट पाएका थिए ।  रवी नेपाल आइडलमा आउनु अगाडि धनगढीमा दोहोरीमा गाउाथो । उनी चार वर्ष देखि संगीतमा सक्रिय थिए ।

उनका हजुरबुवा पनि गीत गाउाथे । हजुरबुवाबाटै प्रभावित भएर उनले पनि गाउन थालेका थिए । रवीका बुवा इन्डियामा वाचम्यानका रुपमा काम गर्दै आएका छन् । रवी देउडा, लोकदोहोरी, ठाडो भाका, पप, हिन्दी नेपाली सबै प्रकारका गीत गाउँछन् ।  

प्रकाशित :पुस ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्