तपाईं विवाहपछि हनिमुन जानुभएको ठाउँ कुन हो ?

- महेश तिमल्सिना

पुस ६, २०७५

औपचारिक रूपमा हनिमुन भनेर त होइन तर पहिलोपटक डेटिङचाहिँ पर्वत, कुस्माको अग्लो झोलुङ्गे पुल गएका थियौं । विवाह भैसकेपछि बेगनास र पोखरा पुग्यौं । 

प्रकाश सपूत, गायक तथा मोडल 

पोखरा गएको थिएँ । 

सुजन तिमल्सिना, गायक 

विवाहपछि हामी हनिमुनका लागि पोखरा गएका थियौं । 

अर्जुन तिवारी, छायाँकार 

तनहुँ गएका थियौं । 

राजु ढकाल, गायक 

हामीले आफ्नो हनिमुन पोखरामा मनाएका थियौं । 

राधिका हमाल, गायिका 

हाम्रो हनिमुन त घरमै भयो । 

पूर्णकला बिसी, गायिका 

हामीले विवाह गर्दा हनिमुन भनेको के हो भन्ने नै थाहा थिएन, तर हामी विवाह हुनेबित्तिकै घुम्न गएको चाहिँ पोखरा हो । 

बद्री पंगेनी, गायक 

मैले हनिमुन यात्रा तय गरिनँ । 

थानेश्वर गौतम, गायक 

हनिमुन मनाउन विदेश जान सक्ने अवस्था थिएन । त्यसैले हामी स्वयम्भू गएका थियौँ । 

वसन्त थापा, गायक तथा संगीतकार 

हनिमुन नै मनाउन भनेर कतै गइएन । 

राजाराम गौतम, रंगकर्मी 

हामीले विवाहपछिको हनिमुन संयुक्त राज्य अमेरिकामा मनाएका थियौं । 

रमेश उप्रेति, अभिनेता 

विवाहताका मेरो बसाइ काठमाडौंमा थियो । त्यसैले विवाह गरियो श्रीमतीलाई काठमाडौं ल्याइयो अनि यतै हनिमुन मनाइयो । 

रमेशराज भट्टराई, गायक 

हामीले पोखरामा हनिमुन मनाएका थियौं । 

सुवास प्रधान, इभेन्ट म्यानेजर 

हामी हङकङ गएका थियौं । -धीरज राई, गायक 

यो प्रश्नले बुढी फेरि एकपटक रिसाउने भइन् । हनिमुन मनाउने फुर्सद नभएर विवाह भएको एक वर्षपछिमात्र पोखरा गएका थियौं । 

प्रदीप भट्टराई, निर्देशक

हामी विवाहपछि थाइल्यान्डको फुकेट गएका थियौं । 

अनिलकेशरी शाह, बैंकर्स 

म हनिमुन मनाउन गाउँबाट काठमाडौं आएँ । राजधानीका विभिन्न मन्दिर अनि पार्कहरू घुमियो । मेरी श्रीमती त्यतिबेलै पहिलोपटक काठमाडौं आएकी हुन् । 

राजनराज शिवाकोटी, गायक तथा संगीतकार 

हामी हनिमुन मनाउन पोखरा गएका थियौं । 

लक्ष्मण पौडेल, निर्देशक

दार्जीलिङ, कोलकाता, मुम्बई, गोवा, दिल्ली आदि घुम्न गएका थियौं ।

विकास रौनियार, फोटो पत्रकार 

विवाहपछिको पहिलो एनिभर्सनीमा चााहिँ पोखरा गइयो । 

गम्भीर विष्ट, कोरियोग्राफर

१७ वर्षअघिको कुरा हो । हामी प्रेममा थियौं, प्रेम भएको २ वर्षपछि हामीले भागेर विवाह गर्‍यौं । त्यतिबेला पोखरा, काठमाडौंतिर लाने अवस्था थिएन । मैले उनलाई रातको समयमा भगाएको थिएँ । घरमुनि खरबारी थियो, हामीले त्यहाँ ४ घण्टाजति बितायौं । बिहान ५ बजेतिर घरमा लिएर आएको थिएँ । त्यतिबेला हनिमुन के हो भन्ने पनि थाहा थिएन । यसरी नै दिनहरू बित्दै गए । 

रामजी खाँड, गायक  

हामी हनिमुन मनाउन पोखरा गएका थियौं । 

विशाल भण्डारी, निर्देशक 

आफू त पोखराकै परियो । हनिमुनका लागि पोखराभन्दा उत्कृष्ट ठाउँ अन्त कहाँ होला र ? त्यसैले लेकसाइडतिरै हनिमुन मनाइयो । 

बिनोद बानियाँ, गायक 

पोखरा गएका थियौं । 

अन्सु थापा, हास्य अभिनेत्री 

हनिमुन भने पनि जे भने पनि विवाहपछि हामी पहिलो पटक सँगै गुण सिनेमा हलमा सिनेमा हेर्न गएका थियौं । 

केदार घिमिरे, अभिनेता 

हाम्रो हनिमुन भन्ने नै भएन । म सुटिङका लागि जोमसोममा थिएँ । त्यहिबेला विवाह गर्ने कुरा भयो अनि हामीले सर्लाही पुगेर विवाह गर्‍यौं । विवाह लगत्तै म सुटिङका लागि पोखरा गैहालें । 

सञ्चिता लुर्इँटेल, अभिनेत्री 

विवाहपछि हामी पोखरा, काठमाडौं, विराटनगर आदि ठाउँ पुग्यौं तर हनिमुन मनाउने भनेर होइन । 

इतु जोजिजु, गायिका 

 

प्रकाशित :पुस ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्