जेनीको विश्वास

- साप्ताहिक संवाददाता

पुस ६, २०७५

१३ वर्षकै उमेरदेखि मोडलिङमा सक्रिय जेनी शेर्पा अहिले १८ वर्षकी भइन् । यो अवधिमा जेनीले दर्जनौं फेसन शोमा क्याटवाक गरिसकिन् भने थुप्रै विज्ञापनमा मोडलिङ पनि गरिन् । उनले विद्यालयमै छँदा नाटकहरूमा समेत अभिनय गरेकी थिइन् । 

सानै उमेरदेखि मोडलिङ सक्रिय भएकाले होला शेर्पा फेसन उद्योगसँग नजिक छिन् । जेनीले नेपालमा मात्र होइन भारतमा आयोजित नृत्य प्रतियोगितामा समेत उपाधि जितिसकेकी छिन् । अहिले आएर जेनीले अभिनय तथा फेसन उद्योगमा करियर बनाउने निर्णय गरेकी छिन् । 

थुप्रै नाटकमा अभिनय गरेका कारण आफूमा भएको अभिनय क्षमता उनले बुझेकी छिन् । समयले साथ दिएको खण्डमा आफू चलचित्रमा समेत आउन सक्ने जेनीको भनाइ छ । फेसन शोहरूमा कोरियोग्राफरका रूपमा समेत काम गरिसकेकी जेनी अध्ययनमा समेत अब्बल छिन् ।

 

ए लेभलको अध्ययन पूरा गरेकी शेर्पाले आफूलाई इन्टरप्रेनरका रूपमा समेत स्थापित गर्ने लक्ष्य लिएकी छिन् । ‘एकै पटक धेरै वटा क्षेत्रमा हात हाल्न त गाह्रो छ, जेनी भन्छिन्– फेसन र अभिनयलाई सँग–सँगै लान सकें भने सफल हुनेछु भन्ने विश्वास छ ।

 

प्रकाशित :पुस ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्