हत्यारा सुन्दरी

- एजेन्सी

पुस ५, २०७५

रूसी मूलकी एक युवतीले हालै सम्पन्न सुन्दरी प्रतियोगितामा सहभागिता जनाएपछि उनको चर्चा उपाधि जित्ने सुन्दरीको भन्दा बढी भएको छ । २१ वर्षीया ओल्गा सिस्किनाले बाल्यकालमै अविभावक गुमाइन् । युक्रेन रूसबाट अलग्गिएपछि अर्को पक्षले अर्को अलग राज्यको माग गरेपछि ओल्गा त्यसमा सहभागी भइन् जसलाई पुटिन सरकारले समर्थन गरेको थियो । 

लडाइँमा उनी लुकेर टाढा–टाढाका शत्रुलाई गोली हान्ने स्नाइपरको काम गर्थिन् । उनी लुकेर विरोधीहरूलाई ४ हजार फिट टाढावाट पनि मार्न सक्थिन्, जसका कारण स्वतन्त्रताका लडाकुहरूमध्ये सर्वाधिक खतरनाक उनैलाई मानिथ्यो । ओल्गा भन्छिन्– मैले कहिल्यै निहत्था वा सर्वसाधारणको हत्या गरिन् । म टेलिस्कोपबाट विरोधीहरूविरुद्ध निशाना साँध्थे र मैले आफ्नो कर्तव्य अनुसार गोली हान्नै पथ्र्यो । 

पिपुल रिपब्लिक अफ डोनेक्स समूहसंग आबद्ध ओल्गाको युद्ध क्षेत्र डोनेक्स नै हो । त्यहाँभएको लेडी अफ द रिपब्लिक सौन्दर्य प्रतियोगितामा सहभागि हुने क्रममा उनले ‘लेडी ट्रान्सफर्मेसन’ को उपाधि प्राप्त गरिन् । उपाधि पाएपछि उनलाई सैनिकको पेसाभन्दा अलग दुनियाँ पनि छ भन्ने लाग्यो । अब उनको योजना आफ्नो सहरमा एउटा कफी सप खोल्ने र विवाह गर्ने छ । 

प्रकाशित :पुस ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्